२१ फागुन, काठमाडौँ । आज बुधबार उच्च भाउले बढ्यो सुनको मूल्य । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको मूल्य २२ सयले बढेको हो ।
मंगलबार छापावाला सुन ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज बुधबार २२ सयले बढेर तोलामा ८० हजार ५ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि बढेर तोलाको ८० हजार २ सय पुगेको छ ।
आजको बजारमा सुनको मूल्य उच्च भाउले बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार ८ सय ६० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैँयाले बढेर तोलामा ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
वि.सं.२०७६ फागुन २१ बुधवार ११:३० मा प्रकाशित