फाईल तस्विर
२१ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नवनियुक्त १८सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । नयाँ बानेश्नवरस्थित संघीय संसद भवनमा विहान १२ः१५ बजे बस्ने बैठकमा नवनियुक्त १८ जना सदस्यले पद तथा गपनियताको शपथ लिनेछन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले नवनियुक्त सदस्यहरुलाई शपथ गराउनेछन् ।
राष्ट्रिय सभामा रहेका एक तिहाइको कार्यकाल दुई बर्षमा सकिने संवैधानिक प्रावधान अनुसार रिक्त हुने स्थानका लागि गत माघ २४ गते निर्वाचन भएको थियो । निर्वाचित सदस्यहरुले आजदेखि औपचारिक रुपमा जिम्मेवारी पाउनेछन् । सपथ लिन लागेका नवनियुक्त १८ जना सांसदमध्ये १६ जना नेकपाका रहेका छन्। राजपाले दुई सिट जितेको छ।
नवनियुक्त सदस्यहरु इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल,राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल,भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले सपथ लिन लागेका संसद सचिवालयले जनाएको छ। राष्ट्रियसभाका एकचौथाइ सदस्य अर्थात् १९ जना सांसदको दुईवर्षे कार्यकाल गएरातिदेखि सकिएको छ।
वि.सं.२०७६ फागुन २१ बुधवार ११:३१ मा प्रकाशित






























