back
CTIZAN AD

प्रधानमन्त्रीलाई स्वास्थयलाभको कामना गर्दै कसले के भने ?

वि.सं.२०७६ फागुन २१ बुधवार

1.7K 

shares

२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल भएको छ । भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको देब्रे मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम पनि गर्न थालेको चिकित्सकले जानकारी दिएका छन् ।

उनको मृगौला प्रत्यारोपण सम्पन्न भएसँगै देश तथा विदेशमा बस्ने नेपालीहरुले शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । https://kpsharmaoli.com.np अनलाइनमा प्रधानमन्त्रीको मृगौला प्रत्यारोप सफल भएकोमा खुशी व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेका सन्देशहरु पठाएका छन् । सो अनलाइनमा जो कोहीले प्रधानमन्त्रीको स्वास्थ्य लाभको शुभकामना दिन सक्दछन् ।

कसले के भनेका छन् त ?

मेराज अहमद हलवाई, नेपाल हज समिती : नेपालका हास्पिटल र डाकटर हरूमाथी बिस्वास गरि,चिकित्सकहरूको मनोबल बढाउने गरि मृगौला प्रत्यरोपण जस्तो जटिल उपचार नेपालमै गराउने प्रमकोकार्य सराहनिय छ सिघ्र स्वस्थय लाभको लागि अल्लाहपाक संग दुवा गर्दछू।

अर्जुन दाहाल, नागरिक दैनिक : शिघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्री ज्यू। पूर्ण रुपमा निको भई सम्पूर्ण नेपालीहरुका लागि निशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन विशेष योगदान गर्नुहुनेछ भन्ने अपेक्षा छ ।

कृष्ण प्रसाद आचार्य, मन्टेस्वरी तालिम तथा शिक्षण परिषद , स्वर्णिम पाठशाला, भरतपुर चितवन : मृत्‍युसग साक्षात्कार हुँदै गर्दा पनि देश र जनता प्रतिको प्रेमले मृत्‍यु जितेर फेरी देश र जनताको सेवा गर्न आउछु भन्ने सम्मनानीयको मिर्गौला प्रत्यापोरण सफल भएकोमा अत्यन्तै खुशी लागेको छ ।

केशव रिजाल : सम्माननीय प्र.म. ज्यूको सफलतापूर्ववक मृगौला प्रत्यारोपण गरियो, वहाँ र अंगदातामा शीघ्र एवं पूूर्ण स्वास्थ्यलाभको कामना गर्दछु। यस कार्यमा सम्लग्न टिम, व्यवस्थापन, शुभेच्छुक तथा सहयोगी सबैमा धन्यवाद।

तिर्थ गौतम, अध्यक्ष प्रवासी नेपाली एकता मंच इजरायल : प्रतीक्षाको घडी सकिएको छ। नेपाली जनताका प्रीय प्रधानमन्त्री के पी शर्मा ओलि ज्युको मृगौला सफलता पुर्वक सम्पन्न भएको मा हार्दिक शुभकामना एवं सिघ्र स्वास्थ लाभको कामना गर्दछु  ।

जानुका रिजाल, सिभिल सर्भिस अस्पताल : सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । स्वदेशमा नै स्वदेशी चिकित्सकबाट गरिन लागेको स्वास्थ्य उपचारप्रति सम्मान पनि व्यक्त गर्न चाहन्छु।

नरेन्द्र सिंह साउँद, महाकाली नगरपालिका वडा नम्बर 4 वडा सचिव : सम्माननीय प्रधानमन्त्री ज्यू स्वास्थ्य लाभको हार्दिक मंगलमय विराट शुभकामना का साथै दीर्घायु को लागि भगवान संग प्रार्थना गर्दछु ।

सुन्दर गुरुङ, समाजबादी पार्टी, गणडकी परिषद अध्यक्ष : किड्नी प्रत्यारोपण सफलताकासाथ सम्पन्न भै शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु। स्वास्थ्यलाभ पछि देश र जनताको सेवा गर्ने यहाँको प्रबल इच्छामा निरन्तर उर्जा मिलिरहोस।

 

 

वि.सं.२०७६ फागुन २१ बुधवार १६:१८ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...