२१ फागुन, काठमाडौं । बुधबार अर्थमन्त्रीमा नियुक्त डा युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उनले अर्थ मन्त्रालयमा आई पुनः पदभार ग्रहण गरेका हुन् ।
उनलाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस खतिवडाको अवधि मंगलबार सकिएको थियो । संसद सदस्य नरहेपछि उनले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।
तर राजीनामा दिएको भोलिपल्ट बुधबार खतिवडा पुनः अर्थमन्त्री नियुक्त भएका हुन् । उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।
वि.सं.२०७६ फागुन २१ बुधवार १७:०६ मा प्रकाशित






























