back
CTIZAN AD

एनआरएनएका अध्यक्ष पन्तद्धारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

वि.सं.२०७६ फागुन २१ बुधवार

726 

shares

२१ फागुन, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

पन्तले बुधवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको सफल शल्यक्रियाको खबरले गैरआवासीय नेपालीहरुलाई खुशी बनाएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा प्रधानमन्त्रीको दीर्घायू एवं सु–स्वास्थ्यको कामना गर्दै उनको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न साथ दिने प्रण गरिएको छ ।

यस्तो छ विज्ञप्ति
शिघ्र स्वास्थ्यलाभको कामना

संघीय गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको आज त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको सफल शल्यक्रियाको खबरले हामी लाई खुशी बनाएको छ । समस्त गैरआवासीय नेपाली संघ परिवार उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
सम्माननीय प्रधानमन्त्री श्री केपि शर्मा ओलीज्यूको दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दै उहाँको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न साथ दिने प्रण समेत गर्दछौं ।’

कुमार पन्त

अध्यक्ष

अन्तर्राष्ट्रिय समन्वय परिषद

गैरआवासीय नेपाली संघ ।

वि.सं.२०७६ फागुन २१ बुधवार १६:५७ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...