back
CTIZAN AD

प्रधानमन्त्रीज्यू तपाइँ त कति भाग्यामानी मान्छे !

वि.सं.२०७६ फागुन २२ बिहीवार

1.4K 

shares

दुई पटक मृगौला फेर्नु पर्दा न त मृगौलाको अभाव न त पैसाको अभाव नै झेल्नुपर्यो । त्यहि टिचिंगमा मृगौलाको उपचार गराउँदा गराउँदा घरवार उठिवास भएका गरिव नेपाली जनता जीवनको भिक मागिरहेका छन् । यता प्रधानमन्त्रीको लागि भन्दै पुजापाठ गरियो । अस्पतालको वाहिर शुभेच्छुकको भिड लागिरहेको छ । उता गरिवहरुलाइ पहिलो कुरा त र्मिगौला दिने मान्छे आफन्त समेत पनि अनइच्छुक हुन्छन् अर्थात दाता नै भेटिन्नन् । भेट्टिएपनि र्मिगौला प्रत्यारोपण गर्ने पैसाको अभावमा रोइकराइ गरिरहेका छन् । अलिअलि टाठावाठाले सामाजिक संजाल, इन्देणी, मिडीयावाजी गरेर पैसा जम्मा गर्न सके भने जीवन वच्ने हो नत्र मर्नुको विकल्प छैन ।

के पि शर्मा ओलीज्यू तपाइँपनि तेह्रथुमको त्यहि सानो झुपडीमा जन्मेको मान्छे, आज सम्म तपाइँको कमाइ र सम्पतिको स्रोत खासै केहि छैन । तर तपाइँ आजसम्म पैसाको अभावमा कहिल्यै रुनु परेको छ ? तर पैसाकै अभावको कारण धेरै नेपालीले अकालमा र अल्पायुमै ज्यान गुमाइरहेका छन् अहिले पनि । फेसवुकमा, युटुवमा, इन्द्रेणी कार्यक्रम लगायतमा विरामीहरु पैसा नभएकै कारण हारगुहार गर्न र जीवन वचाइदिनु भन्दै रुँदै कराउँदै आउँछन् । कतिलाइ दिएर सक्नु ? परिवारलाइ लुकाएर खुसुक्क दुइचार पैसा सहयोग गर्छु मैंले नि कहिलेकाहिँ । तर कति दिन सकिन्छ के यसरी ? मान्छेको रोइकराइ र आन्तरनाद सुनेपछि मन चुटिन्छ । कहिलेकाहिँ त रातभरी निद्रा पनि पर्दैन त्यस्ता भिडीयो हेरेर । मान्छे हो, सवैलाइ वाँच्ने रहर हुँदोरहेछ । जीवको अन्तिम समय सम्म पनि वाँच्ने जिजिविषा त सवैको हुने रहेछ । जुन तपाइँमा पनि अझै अत्याधिक छ ।

तपाइँ अस्पताल भर्ना हुन जाँदा, तपाइँले वोल्नु भएको भिडीयो हेरेर म पनि निकै भावुक भए । मैंले पनि मनमनै तपाइँको लागि राम्रो होस् भनेर शुभेच्छा प्रकट गरे । तपाइँको मृगौला प्रत्यारोपण सफल भएछ, झनै खुसि लाग्यो । प्रधान्मन्त्रीज्यू तपाइँ त यो देशका लागि चाहिने मान्छे अझै वाँच्नुहोस्, तपाइँ वाँच्नै पर्छ । तर तपाइँ जस्तै रोगी र तपाइँको जस्तै आयस्रोत केहि नभएका जनता पनि उपचार खर्चको अभाव नहुनलाइ के गर्नुपर्ला ? सवै नेपालीहरु उपचार खर्च जोहो गर्न १४ वर्ष जेल जीवन र झापा विद्रोह जस्तै केहि गर्नै पर्ने हो र ? सवै नेपालीले विद्रोहि राजनीति गर्नैपर्ने हो र ? राजनीति गरेर सत्ता र पद पाउँदैमा तपाइँहरु र तपाइँहरुका परिवारहरुको व्यक्तिगत जीवन साँच्चिकै शुरक्षित हुने हो ? मेरै गाउँको एकजना र्मिगौला पीडित भाइलाइ पैसा अभावका कारण उपचार गर्न धौ भएर परिवारको हारगुहार छ । अहिले सम्म चन्दा गरेर, हारगुहार गरेको गर्यै गरेर जसोतसो त्यो भाइ वाँचेको छ । भोलि पैसा नहुने वित्तिकै त्यहि टिचिंगले गलहत्याएर निकालिदिन्छ । हेर्नुस त त्यो कन्तविजोग !

तपाइँ छिटो निको हुनुहोस् प्रधानमन्त्रीज्यू र तपाइँ जस्तै रोगि जनताहरुलाइ, तपाइँले जस्तै सजिलै पहुँच रहनेगरी औषधि उपचार गर्ने पहिलो वातावरण मिलाइदिन पहल गर्नुस् न है ! उहि तपाइँको शुभेच्छक दिक्षा पाण्डे हिरा

वि.सं.२०७६ फागुन २२ बिहीवार ०९:०७ मा प्रकाशित

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...