back
CTIZAN AD

ग्याँस नदिए ११३७ वा ९८५११४४१८९ मा फोन गर्नु

वि.सं.२०७६ फागुन २४ शनिवार

690 

shares

२४ फागुन, काठमाडौं । नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेका खबर सार्वजनिक भएलगत्तै बजारमा खाद्यान्न वस्तुको खरिद गर्ने क्रम बढेको छ भने सर्वसाधारणहरुमा अनावश्यक त्रास फैलाएर काला बजारी गर्ने काम पनि भएका छन् । सरकारले दैनिक उपभोग्य वस्तुको अभाव नभएकाले सार्वसाधारणलाई नआत्तिन आग्रह गरे पनि जनता विश्वस्त हुन सकेका छैनन । गतवर्षमात्र नाकाबन्दीको मार भोगेका नेपाली जनताहरु कोरोनाका कारण त्यो भन्दा जटिल अवस्था सिर्जना हुने भन्ने हल्लाको त्रासले केही महिनालाई पुग्ने गरी किनमेल गरिरहेका छन् भने मास्क, स्यानीटाइजर जस्ता सामानहरु बजारमा पाउन छाडेका छन् भने यसैबीच सडकमा ग्याँसका लागि लाइन सुरु भएका छन् ।

यद्यपी ग्याससँगै अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति भैरहेकाले अभाव नहुने र कालोबजारी र कृत्रिम अभाव हुन नदिने सरकारको दाबी छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा ग्यासको माग बढेपछि सरकारले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरिरहेको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी पनि ग्यासको आपूर्ति सहजै भइरहेकाले अभाव नहुने हुँदा आवश्यकताभन्दा धेरै नलिन आग्रह गरेका छन् । उनले बजारमा ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही हुने पनि बताए ।

विभागले बजारमा कसैले ग्यास लुकाएको थाहा पाए वा ग्याँस नदिए तुरुन्त फोन गर्न भनेको छ । विभागले फोन नम्बर ११३७  वा ९८५११४४१८९ मा सम्पर्क गरेर जानकारी दिन आग्रह गरेको छ ।

अनुचित नाफा कमाउने उद्देश्यले उपभोग्य बस्तुको विक्री वितरण एवम् कृतिम अभाव सिर्जना गर्ने कार्य गरेको पाइएमा काुनन बमोजिम कारवाही हुने विभागले सचेत गराउँदै आएको छ ।

वि.सं.२०७६ फागुन २४ शनिवार १३:०७ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...