२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले शुक्रबार सिं.स ६० अधिकृत क्याडेटको विविध क्षेत्रको नतिजा प्रकाशित गरेको छ ।
शुक्रबार प्रकाशित सूचना अनुसार गुणमापक परीक्षाको समूह f-3, f-4, G-1, G-2 को उम्मेदवार संख्या ४० मा ३९ जनाको फागुन १८ देखि २३ सम्म संचालनमा आएको गुणमापक (टि.ओ, जि.टि.ओ, आई.ओ) बोर्डको परीक्षामा देहाय बमोजिमका उम्मेदवार उत्र्तीण भएको जनाएको छ ।
त्यसैगरी निर्देशनालयले सिं.स ६० क्याडेटको (दोश्रो चरण) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा पनि प्रकाशित गरेको छ ।
शुक्रबार प्रकाशित नतिजा अनुसार फागुन २२ गते संचालित (३०० मिटर दौड, सिटअप, पु्सअप, र चिनअप) परीक्षामा उत्र्तीण हुने उम्मेदवारहरुको नामावली यसप्रकार रहेको छ ।
यसैगरी सेनाले सिं.स ६० क्याडेटकै पुरुषतर्फको (२ माइल दौडको) नतिजा पनि सार्वजनिक गरेको छ ।
यस्तो छ नामावली
त्यसैगरी सिं.स ६० क्याडेटकै महिला उम्मेदवारतर्फका बियरिङ तथा प्रि मेडिकलको नतिजा पनि सार्वजनिक गरिएको छ ।
निर्देशनालयका अनुसार सिं.स ६० अधिकृत क्याडेट छनौट (दोश्रो चरण) को महिला उम्मेदवारहरुको २३ गते संचालन गरिएको बियरिङ तथा प्रि मेडिकलको नतिजा प्रकाशन गरिएको हो ।
निर्देशनालयले सिं.स ६० अधिकृत क्याडेटको फागुन १८ गते वीरेन्द्र अस्पताल छाउनीमा संचालित विस्तृत स्वास्थ्य छनौट परीक्षाको नतिजा २३ गते प्रकाशन गरिने भएपनि विविध कारणले फाुगन २७ गते जारी गर्ने सूचना प्रकाशित गरेको छ ।
वि.सं.२०७६ फागुन २४ शनिवार १२:५६ मा प्रकाशित






























