back
CTIZAN AD

किन घट्यो प्रहरीमा मिसन आकर्षण ?

वि.सं.२०७६ फागुन २६ सोमवार

1.1K 

shares

२६ पुस, काठमाण्डौं । नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु गर्यो । तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ ।

प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने धेरैको इच्छा देखिन्छ । तर, पछिल्लो समयमा शान्ति मिसनको सख्या ह्वात्तै घटेको छ ।

प्रहरी मुख्यालयको अभिलेख अनुसार २०४८ फागुनदेखि हालसम्म आठ हजार तीनसय २० जना शान्ति मिसनमा गएको देखिन्छ । यो अवधिमा ४८ जना प्रहरी वरिष्ठ उपरीक्षक, एक सय ९६ जना प्रहरी उपरीक्षक, डिएसपी आठसय ४७ जना, प्रहरी निरीक्षक एक हजार दुईसय ६५ जना, प्रहरी नायब निरीक्षक एक हजार सातसय २७ जना, प्रहरी हवल्दार एक हजार ६ सय ३३ जना, प्रहरी जवान एक हजार चारसय ६३ जना र फलोअर्स एक सय ९४ जनाले मिसन गएको देखिन्छ ।

१७ वटा मुलुकमा शान्ति मिसनमा गएका प्रहरी अहिले जम्मा पाँचवटा मुलुकमा मात्रै सीमित रहेको देखिन्छ । फर्म पुलिस युनिट (एफपीयू) मा जाँदा प्रहरीले वार्षिक १५ लाख रुपैयाँ बचत गर्छन् ।

अर्को युएनले अफिसर तोकेर माग्दा एसएसपी, एसपी र डिएसपीसम्मको दर्जा मिसनमा जाँदा वार्षिक झण्डै ७० देखि ८० लाख रुपैयाँसम्म बचत गर्छन् । युगोस्लाभिया, स्लोभानिया, बोस्निया, कोसोभो, कम्बोडिया, मोजाम्बिक, नेदरल्याण्ड, रुवाण्डा, इराक, पूर्वी टिमोर, सिरियालोन, कंगो, अफगानिस्तान, लाइबेरिया, हाइटी, सुडान, आइभरीकोष्ट, सोमालिया, इटाली र मालीमा पुगेको प्रहरीको शान्ति मिसन टोली अलिे खुम्चिएर सुडान, कंगो, सोमालिया, डार्फर र मालीमा मात्रै सीमित छ । शान्ति मिसनको संख्या घट्दै गएपछि प्रहरीको आकर्षणसमेत घट्दै गएको देखिन्छ । सोमबारको अन्नपूर्णपोष्ट दैनिकबाट

file photo- Agency

वि.सं.२०७६ फागुन २६ सोमवार ०८:४१ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...