back

आधारहिन समाचारको पछि नलाग्न र आइडिसहित तोकिएको स्थानमा उपस्थित हुन नेपाली दूतावासको आग्रह

वि.सं.२०७६ फागुन २८ बुधवार

414 

shares
GLOBAL IME AD
NTC AD

विश्वभर नोबेल कोरोना भाइरसको बढ्दो संक्रमण बढीरहेका बेला कुवेतस्थित नेपाली दूतावासले कुवेतमा कार्यरत नेपालीलाई आधारहिन समाचारका पछि नलाग्न अनुरोध गरेको छ ।

दूतावासले सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण, रोकथामका उपायहरु, सर्तकता एवम् अपनाउनु पर्ने पूर्व सावधानीका उपायहरुबारे आधिकारीक निकायबाट जारी हुने सूचना बाहेक अन्य आधारहिन समाचारका पछि नलाग्न अनुरोध गरेको हो ।

त्यस्तै  कुवेत सरकारले २७ फ्रेबुअरी २०२० र सो मिति पश्चात भ्रमणबाट कुवेत फर्किएका, कुवेतमा काम गर्ने सबै आप्रवासीहरुलाई आफ्नो सिभिल आईडी र राहदानी सहित अनिवार्य उपस्थित हुन सूचित गरेको कुरा पनि दूतावासद्वारा सूचनामा जनाइएको छ ।

उक्त सूचनामा कोरोना रोकथाम तथा पूर्व तयारीका लागि कुवेत सरकारले लागू गरेका व्यवस्था बारे पनि जानकारी गराइएको छ । दूतावासले कुवतेमा कोरोना भाइरसबाट प्रभावितको संख्या ७२ पुगेको, २ जना निको भई घर फर्केको, ५ जना आईसीयुमा रहेको र १ जनाको अवस्था गम्भिर रहेको तर कसैको पनि मृत्यु नभएको जानकारी गराएको छ ।  कुवेत सरकारले विदेशीहरुलाई कुवेत प्रवेशमा रोक लगाउँदै सबै प्रकारका नयाँ प्रवेश र भ्रमण भिषा जारी गर्ने काम हालका लागि बन्द गरेको सूचनामा छ ।

कुवेत प्रवेश गर्नेहरुलई १४ दिन निश्चित स्थानमा व्यवस्था गरिएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ भने सबै शैक्षिक संस्थाहरु, थप दुई हप्ताका लागि बन्द गरिएको छ । त्यसैगरी बढी भिडभाड हुने थिएटर, सिनेमा हल, विवाह केन्द्रहरु पनि बन्द गरिएको उल्लेख छ ।

वि.सं.२०७६ फागुन २८ बुधवार २०:५५ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...