back
CTIZAN AD

आधारहिन समाचारको पछि नलाग्न र आइडिसहित तोकिएको स्थानमा उपस्थित हुन नेपाली दूतावासको आग्रह

वि.सं.२०७६ फागुन २८ बुधवार

840 

shares

विश्वभर नोबेल कोरोना भाइरसको बढ्दो संक्रमण बढीरहेका बेला कुवेतस्थित नेपाली दूतावासले कुवेतमा कार्यरत नेपालीलाई आधारहिन समाचारका पछि नलाग्न अनुरोध गरेको छ ।

दूतावासले सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण, रोकथामका उपायहरु, सर्तकता एवम् अपनाउनु पर्ने पूर्व सावधानीका उपायहरुबारे आधिकारीक निकायबाट जारी हुने सूचना बाहेक अन्य आधारहिन समाचारका पछि नलाग्न अनुरोध गरेको हो ।

त्यस्तै  कुवेत सरकारले २७ फ्रेबुअरी २०२० र सो मिति पश्चात भ्रमणबाट कुवेत फर्किएका, कुवेतमा काम गर्ने सबै आप्रवासीहरुलाई आफ्नो सिभिल आईडी र राहदानी सहित अनिवार्य उपस्थित हुन सूचित गरेको कुरा पनि दूतावासद्वारा सूचनामा जनाइएको छ ।

उक्त सूचनामा कोरोना रोकथाम तथा पूर्व तयारीका लागि कुवेत सरकारले लागू गरेका व्यवस्था बारे पनि जानकारी गराइएको छ । दूतावासले कुवतेमा कोरोना भाइरसबाट प्रभावितको संख्या ७२ पुगेको, २ जना निको भई घर फर्केको, ५ जना आईसीयुमा रहेको र १ जनाको अवस्था गम्भिर रहेको तर कसैको पनि मृत्यु नभएको जानकारी गराएको छ ।  कुवेत सरकारले विदेशीहरुलाई कुवेत प्रवेशमा रोक लगाउँदै सबै प्रकारका नयाँ प्रवेश र भ्रमण भिषा जारी गर्ने काम हालका लागि बन्द गरेको सूचनामा छ ।

कुवेत प्रवेश गर्नेहरुलई १४ दिन निश्चित स्थानमा व्यवस्था गरिएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ भने सबै शैक्षिक संस्थाहरु, थप दुई हप्ताका लागि बन्द गरिएको छ । त्यसैगरी बढी भिडभाड हुने थिएटर, सिनेमा हल, विवाह केन्द्रहरु पनि बन्द गरिएको उल्लेख छ ।

वि.सं.२०७६ फागुन २८ बुधवार २०:५५ मा प्रकाशित

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...