back
CTIZAN AD

पेरिस नजिकै शरणार्थी केन्द्रमा आगलागी एकको मृत्यु तेह्र घाइते

वि.सं.२०७३ पुस २ शनिवार

1.1K 

shares

२ पुस, पेरिस (फ्रान्स) । पेरिस नजिकै अवस्थित एक आप्रवासी शरणार्थी केन्द्रमा शुक्रबार स्थानीय समयअनुसार बिहान ३ बजेर ३० मिनेटको समयमा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएको फ्रान्सको प्रहरीले जनाएको छ ।

पेरिसको पश्चिम क्षेत्र वोलानी विलानकोर्टको बाहिरी क्षेत्रमा अवस्थित उक्त शिविरमा सबै जना सुतिरहेका बेला भएको आगलागीबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

शिविरमा आगलागीमा फसेका छ जनालाई सकुशल उद्धार गरिएको छ भने आगलागी भएको क्षेत्र वरपरको बस्तीमा बस्दै आएका करिब तीन सय जनालाई आगलागी फैलिने डरमा सुरक्षित ठाउँमा लगिएको छ । आगो केही समयमै नियन्त्रणमा आइसकेको फ्रान्सका अधिकारीले बताएका छन् ।

प्रहरीले शिविरमा कसैले आगो लगाएको आशङ्कामा अनुसन्धान जारी राखेको छ । शङ्कास्पद एक व्यक्तिले ो शिविरमा आगो लगाएको भन्ने अपुष्ट सूचनापछि प्रहरी अनुसन्धान सुरु गरिएको हो । एपी

वि.सं.२०७३ पुस २ शनिवार ०३:२१ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...