back
CTIZAN AD

युकेबाट कुल आर्चायले गरे यस्तो अपिल

वि.सं.२०७६ चैत ३ सोमवार

906 

shares

३ चैत, बेलायत । गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष कुल आचार्यले विश्वभरी तिब्र रुपमा फैलिएको कोरोना भाइरसबारे सजग रहन आग्रह गर्दै एनआरएनएलाई आपतकालिन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय हुन अनुरोध गरेका छन् ।

आचार्यले एक अपिल गर्दै बेलायतमा भूपू गोर्खा वृद्धवृद्धाहरु उच्च जोखिममा रहेको र भाषाको समस्या पनि भोगी रहेको बताउँदै इटालीमा लक डाउनका कारण अत्यावश्यक सामग्रीहरुको अभाव भएको समाचारहरु आइरहेको पनि बताएका छन् । ‘यस्तो बेला आफ्ना छरछिमेकीहरुको हालखबर बुझ्नु, बालबालिका र वृद्धवृद्धालाई सक्दो सहयोग र सुझाव सल्लाह दिनु हामी सबैको कर्तव्य हो । पुण्यकर्म पनि हो ।’ आर्चायले भनेका छन् ।

आचार्यले आइतबार गरेको अपील जस्ताको तस्तै

‘नेपालीकालागि नेपाली’

साथीहरु, नमस्कार। कोरोना भाइरस संक्रमणको खतराले संसारभरि रहेका नेपालीहरुलाई प्रभावित पारेको छ । यहाँ बेलायतमा भूपू गोर्खा वृद्धवृद्धाहरु उच्च जोखिममा हुनुहुन्छ भने भाषाको समस्या पनि भोगी रहनु भएको छ । इटालीमा लक डाउनका कारण अत्यावश्यक सामग्रीहरुको अभाव भएको समाचारहरु आइरहेका छन् । यस्तो बेला आफ्ना छरछिमेकीहरुको हालखबर बुझ्नु, बालबालिका र वृद्धवृद्धालाई सक्दो सहयोग र सुझाव सल्लाह दिनु हामी सबैको कर्तव्य हो । पुण्यकर्म पनि हो ।

त्यसैले सबै मुलुकहरुमा रहेका एनआरएन मित्रहरु तथा नेपाली संघसंस्थाहरुलाई आपत्कालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय हुन म अनुरोध गर्दछु । विश्वको कुनै पनि मुलुकमा रहेका नेपालीहरुलाई कुनै पनि समस्या परे सम्बन्धित मुलुकहरुमा रहेका नेपाली दूतावासहरुसंग समन्वय गर्नु हुन र केहि समस्या भए इनबक्स गर्नु हुन पनि म अनुरोध गर्दछु । कोरोना भाइरस संक्रमण रोक्न र अनावश्यक भ्रमण नगर्न हामी सबै सचेत रहौं ।

यसै सन्दर्भमा नेपाल सरकारले गत साता जारी गरेको सूचनामा ‘एक साता अगाडी स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र त्रिभुवन विमानस्थलमा पेश गर्नु पर्ने’ प्रावधान अव्यवहारिक छ । नेपाल र नेपालीको अहित हुने काम हामी सपनामा पनि सोच्न सक्दैनौं । कोरोना संक्रमण रोक्न आआफ्नो तर्फबाट सक्दो योगदान गर्न सबै गैरआवासीय नेपालीहरु तत्पर छन् । तर कोरोनाको नाममा नेपाल भ्रमण रोक्न खोज्नु दुखद छ । नेपाल सरकारलाई यो निर्णयबारे तत्काल पुनर्विचार गर्न पनि म आग्रह गर्दछु ।’

वि.सं.२०७६ चैत ३ सोमवार १५:५१ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...