back
CTIZAN AD

पोल्याण्डबाट डा.सुवेदी दम्पत्तिले सुरु गरे कोरोना भाइरस सम्बन्धी जनचेतना अभियान (भिडियोसहित)

वि.सं.२०७६ चैत ६ बिहीवार

1.2K 

shares

६ चैत, काठमाण्डौं । एनआरएनए पोल्याण्डका संस्थापक अध्यक्ष,हालका आइसी सदस्य तथा एनआरएनएको हेल्थ टाक्सर्फोस विभागसँग सहकार्य गर्दै आएका डा.बोधराज सुवेदी र उनकी पत्नि डा. एलिनी पोखरेल सुवेदीले कोरोना भाइरसका बारेमा युट्युवमार्फत् जनचेतना सन्देश दिन सुरु गरेका छन् ।

पोल्याण्डमै चिकित्शक पेशामा व्यस्त रहेका यी डाक्टर दम्पत्तिले पछिल्लोपटक विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस र त्यसको संक्रमणबाट बच्नका लागि विभिन्न उपाय सुझाउँदै युट्वमार्फत् सन्देश प्रवाह गरेका छन् ।

डा इलिनीका अनुसार अहिले पोल्याण्डमा कोरोना भाइरस संक्रमितको संख्या २८७ जना पुगेको छ भने मृतकको संख्या ५ रहेको छ भने विश्वमै कोरोना भाइरस संक्रमितको संख्या २ लाख १५ जार पुगेको छ । साथै ८ हजार ८ सय जनाको मृत्यु भएको छ । सन्चो भएर घर फर्कनेको संख्या पनि ८४ हजार ३ सय रहेको तथ्यांक छ ।

यस भाइरसविरुद्धको औषधि अझै पत्ता नलागिसकेको अवस्था र विश्वकै मानव समुदायमा यसले त्रास फैलाइरहेका बेला सबैभन्दा राम्रो उपाय यो भाइरस संक्रमण हुनबाट जोगिनु डा. एलिनी सल्लाह दिन्छीन् ।

यस भाइरसको संक्रमणबाट बच्नका लागि पोल्याण्ड सरकारले विदेशबाट आउने जहाज रोकिसकेको तथा रेलहरु चल्न रोक लगाएको, बालमन्दिर, स्कुल, कलेज, विश्व विद्यालय समेत बन्द गरिसकेको र होम आइसोलेसन, वार्ड वाइसोलेसन, अभर्जभेसन, क्वारेटाइन गरिएको पनि डा. इलिनी बताउँछीन् ।

उनले सम्पूर्ण नेपालीहरु (स्वदेशवासी) लाइ अति आवस्यक पर्दामात्र बाहिर निस्कन तथा एकअर्काबाट एकमिटर दूरीमा रहन सुझाएकी छन् । उनले वाइसोलेसन, अभर्जभेसन, क्वारेटाइनको लागि आफै सचेत हुन सुझाव दिँदै भनेकी छन् ‘किनकि भोली यो रोग नेपालमा धेरै फैलिएका खण्डमा, नेपाल सरकारलाइ र हाम्रा बुवा, आमा, दिदि , बहिनी, दाजु, भाइलाई सजिलो हुने छैन । नेपालमा बस्ने हामी धेरै नेपालीहरुको स्वास्थ्य बिमा छैन । यो आपतकालिन परिस्थितिमा बिकसित देशहरु त अलमल देखिन्छन् भने हामीलाइ कति कठिन हुने छ भन्ने अनुमान तपाईहरुनै लगाउनु होला । तपाईहरुलाई तर्साउन खोजेको होइन तर होसियारी रहनुहुन अनुरोध मात्र हो । अन्तमा तपाईहरुको सु–स्वास्थ्यको कामना गर्दछौ ।’

 

वि.सं.२०७६ चैत ६ बिहीवार ०८:५१ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...