back
CTIZAN AD

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१८ पुग्यो,एकैदिन ६६ जनाको मृत्यु

वि.सं.२०७६ चैत ७ शुक्रवार

783 

shares

 ७ चैत, अमेरिका । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१८ पुगेको छ । गत मार्च १८ का दिन १५२ जनाको मृत्यु भएकोमा २४ घन्टामै ६६ जनाको मृत्यु भएको थियो ।

कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको ५० वटै राज्य संक्रमित भएका छन् भने पछिल्लो तथ्यांक अनुसार १४ हजार २६२ जना संक्रमित भएका छन् । र हालसम्म १५१ जना संक्रमण मुक्त भएका छन् ।

अमेरिकाको वाशिंगटन राज्यमा हालसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको छ भने न्युयोर्कमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । वाशिंगटन र न्यूयोर्कमा संक्रमण भयावह रहेको छ । उक्त राज्यका गभर्नर र नगर प्रमुखहरु पटक पटक पत्रकार सम्मेलन गरिरहेका छन् भने आफ्ना नागरिक बचाउन सबै उपाय ज्यान दिएर लागि रहेका छन् ।

ट्रम्प प्रशासनले उतिकै अहोरात्र खटिई काम गरि रहेका छन् । चरम आर्थिक मन्दीको चपेटामा पर्दै गरेको अमेरिकालाई आर्थिक क्षति नहुन ठूलो धनराशीको राहत निकास भै रहेको छ । १० जना भन्दा ज्यादा भेला नहुनु ,घर मै बस्नु ,हात धुनु आदी ईत्यादीको साथै र स्वास्थ्य सम्बन्धि सबै उपाय अपनाईएको छ ।

तथापी मृत्यु हुनेको संख्या तेजले वृद्धि भएकोले सवैतिर मानिस चिन्तित छन् । र सावधान र सतर्कता अपनाई रहेका छन् ।

यसैगरि क्यालिफोर्नियामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । न्युजर्सीमा ९ जना, फ्लोरिडामा ९ जना, लुजियानामा १० जना ,इलिनोइमा ४ जना ,कोलोराडोमा ४ जना ,टेक्ससमा ५ जना ,विस्कनसिनमा ४, डिसीमा ३ ,जर्जियामा १० जना ,मिसिगनमा ३ ,इन्डीयानामा १ ,पेनसेलभेनियामा १,कनेक्टिकटमा ३ ,मेरिल्याण्डमा १, भर्जि्नियामा २ ,ओरेगनमा ३ ,साउथ क्यारोलाइनामा ३ ,नेभादामा १, इन्डियानामा २ ,केन्टकीमा २,भर्मन्टमा २ ,क्यान्ससमा १ ,मिसौरीमा १, साउथ डकोटामा १ गरि कुल २१८ जनाको मृत्यु भै सकेको छ ।

वि.सं.२०७६ चैत ७ शुक्रवार ०९:३४ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...