back
CTIZAN AD

यी हुन्, विश्वव्यापी कोरोनाको महामारीमा परेका राजनीतिज्ञ,सेलिब्रेटी र खेलाडीहरु

वि.सं.२०७६ चैत ७ शुक्रवार

1K 

shares

विश्वव्यापी फैलिएको कोभिड –१९ हाल सम्म १६६ भन्दा बढी देश र विभिन्न भौगोलिक क्षेत्रलाई आफ्नो चपेटामा पारिसकेको छ । जसका कारण १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वमा २ लाख भन्दा बढी यसका संक्रमित रहेका छन् । जसमा विभिन्न देशका राजनीतिज्ञ, सेलिब्रेटी र खेलकुद क्षेत्रका हस्तिहरु पनि यसको चपेटामा परेको समाचारहरु सार्वजनिक भइरहेका छन् । जसका कारण विश्वका ठूला खेलहरु अर्को मितिका लागि सारिएको छ ।

फेसन सम्मेलनहरु आउँदा दिनका लागि सारिएका छन् । नेपालसहित धेरै देशका वर्षभरीका योजनाहरु यतिबेला पछि धकेलिँदै गएका छन् । कोरोना भाइरसका कारण नयाँ नयाँ समस्या पैदा हुँदै गएको र तत्कालका लागि नयाँ नयाँ निर्णयहरु पनि गरिरहेका छन् ।

यी हुन् त राजनीतिज्ञ,सेलिब्रेटी र खेलाडीहरु

Antonio Viera Monteiro- पोर्चुगिज युनिट अफ स्टान्डर्ड, जुन स्पेनको ठूलो बैंकका अध्यक्ष रहेका मोन्टिरियोको बुधबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । उनी ७३ वर्षका थिए ।

Jeremy Issacharoff -जर्मनीका लागि इजरायलका राजदूत रहेका उनमा पनि भाइरस पोजेटिभ देखिएको छ ।

कात्रो वासिमाजापान फुटवल संघका अध्यक्ष रहेका वासिमामा मार्च १७ मा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

Madine Dorries– युकेका स्वास्थ्यमन्त्री रहेकी उनलाई मार्च १० मा भाइरस संक्रमण देखिएको थियो ।

 

Peter Dutton- अष्ट्रेलियाका पूर्वगृहमन्त्री पिटर डटन पनि कोरोना भाइरसको चपेटामा परेका छन् । उनी संक्रमण देखिएपछि हाल क्वारेन्टाइनमा रहेको बताइएको छ ।

मासौमेह टेकरइरानी उपपराष्ट्रपति मासौमेह पनि कोरोना भाइरसको चपेटामा परेका छन् । उनी सक्रमित हुने देशका शीर्ष सरकारी अधिकारी हुन् ।

Sophie Grégoire Trudeau-युकेको यात्रापछि क्यानडा फर्किएकी क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोकी श्रीमतीमा पनि मार्च १२ मा कोभिड १९ पोजेटिभ देखिएको छ । उनका अनुसार उनी आफ्नो श्रीमानसँगै क्वारेन्टाइनमा २ हप्तासम्म बस्ने बताएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

बेगोना गोमेजस्पेनका प्रधानमन्त्रीकी पत्नि बेगोना गोमेजमा पनि कोरोना संक्रमण भएको छ । अधिकारीका अनुसार प्रधानमन्त्री र उनको स्वास्थ्य ठिक रहेको छ ।

पेरे आरागेनस-क्याटालान सरकारका उपप्रमुख रहेका आरागेनसमा मार्च १५ मा कोरोना भाइरसको संक्रमण परीक्षण गरिएको थियो । जसमा पोजेटिभ देखिएको थियो ।

फ्रान्सिस सुआरेज- संयुक्त राज्य मियामी सहरका मेयरमा मार्च १३ मा कोरोना भाइरस संक्रमण देखिएको थियो ।

त्यसैगरी सेलिब्रेटी तर्फबाट टाम हानक र उनकी श्रीमती रिता विल्सन हलिउडका चर्चित सेलिब्रेटी जोडी हुन् । उनीहरुमा मार्च ११ मा कोरोना संक्रमण भएको बताइएको छ ।

इद्रिस- युकेका कलाकार तथा संगीतकार रहेका उनमा कोरोना भाइरस पोजेटिभ देखिएको बताइएको छ ।

क्रिस्टोफर हिज्जु-४१ वर्षीय हिज्जु गेम अफ थ्रीन्सभा टोरोन्डको भूमिका खेलेका थिए । उनीमा पनि मार्च १७ मा कोभिड १९ देखा परेको बताइएको छ ।

खेलाडीहरु
वटावा सिनेत्रस नाम नखुलाईएका–अमेरिका नेशनल हक्की लिगको टिम वटावा सिनेत्रसका खेलाडीमा देखा परेको छ र हाल उक्त खेलाडीलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

डिप्रोटिमो एलभेष- स्पेनिस फुटवल क्लबमा १५ व्यक्तिमा देखा परेको छ । पहिलो टोलीका तीन खेलाडीहरु र कोचिङ स्टाफका सात सदस्यमा कोरोना संक्रमण देखिएको बताइएको छ ।

तलाइस माइिडि- जुभेन्टस तथा फ्रान्सका मिड फिल्डरमा मार्च १७ मा भाइरस संक्रमणको लक्षण देखा परेको छ । उनी आफ्नै घरको आइसोलेसनमा बसेका छन् भने हाल उनमा त्यस्तो लक्षण देखा परेका छैनन् ।

अर्का जुभेन्ट् तथा इटालीका डिभेन्डर समेत रहेका डेनियल रिउग्यानीलाई पनि कोरोना संक्रमण देखिएको बताइएको छ ।

माइकल अर्टेटाइङल्याण्ड फुटवल प्रिमियर लिगमा पहिलो पटक कोरोना देखिएका ३७ वर्षीया आरसनलका म्यानेजर हुन् ।

वयालम हडसन ओडीइ चेल्सीका लागि उइङगरका रुपमा खेल्दै आएका उनीमा पनि मार्च १२ मा कोरोना भाइरस संक्रमण देखापरेको हो ।

पाउलो डिबाला –जभेन्ट्स तथा अर्जेन्टिनाका राष्ट्रिय टिमका लागि खेल्ने खेलाडी हुन् । उनलाई कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी एनबिएका खेलाडी रुडो गोबट् डोनाभान मित्चेल, क्रस्टिन तथा ब्रुकलिन नेटका चार खेलाडीमा पनि भाइरस संक्रमण देखा परेको छ ।

कोलम्बियाका साइकल धावक पेरनाडो ग्याभिरियाडिमीरेटी स्ट्राकोभमा पनि कोरोना भाइरस संक्रमण देखा परेको छ ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १३:३५ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...