back
CTIZAN AD

लकडाउनका बेला समस्या पर्यो ? फोन गर्नुहोस् महानगरका यी जनप्रतिनिधिलाई

वि.सं.२०७६ चैत ११ मंगलवार

786 

shares

११ चैत, काठमाण्डौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि आज चैत ११ देखि चैत २१ गतेसम्म देशैभरी लक डाउन गरेको छ ।

लकडाउनका बेला सर्वसाधारणमा आइपर्ने समस्यालाई मध्येनजर गर्दै काठमाण्डौं महानगरपालिकाले जनप्रतिधिहरु (मेयर/उपमेयर र वडा अध्यक्षहरु) लगायतको सम्पर्क नम्बर दिएको छ ।

महानरपालिकाले महानगरका सर्वसाधारणलाई समस्या परेमा जनप्रतिनिधिहरुलाई फोन गर्न अनुरोध समेत गरेको छ ।
त्यसैगरी महानगरले यसअघि नै टोल फ्रि नम्बर सार्वजनिक गरेको थियो । २४ सै घण्टा संचालन हुने उक्त टोल फ्रि सेवाको नम्बर ११८० रहेको छ । उक्त नम्बरमा फोन गरेर खबर तथा सूचना दिन पनि अनुरोध गरेको छ ।

त्यस्तै कसैलाई कोरोना संक्रमणको शंका लागेमा तत्काल जनप्रतिनिधिहरुलाई फोन गरेर जानकारी गराउन सकिने बताउँदै त्यसका लागि महानगरको सहयोगमा संचालन गरिएको एम्बुलेन्स सेवा १०२ लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा रहेको समेत जानकारी दिएको छ ।

महानगरले कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि आजदेखि सुरु गरिएको लकडाउनको नियम पालना गरेर सहयोग गर्न पनि सर्वसाधारणमा अनुरोध गरेको छ ।

वि.सं.२०७६ चैत ११ मंगलवार १३:५० मा प्रकाशित

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...