back
CTIZAN AD

७७ हजार रुपैयाँ तोलामा झरेर २१ चैतसम्मका लागि रोकियो सुनको कारोबार

वि.सं.२०७६ चैत ११ मंगलवार

759 

shares

११ चैत, काठमाण्डौं । सुनचाँदी व्यवसायी महासंघले चैत ११ देखि २१ गते सम्म सुनचाँदीको भाउ नतोक्ने निर्णय गरेको छ ।

महासंघले सरकारबाट कोरोना भाइरस कोभिड १९ को रोकथामका लागि उच्च सर्तकता अपनाउँदै चैत ११ गतेदेखि चैत १८ गते सम्म लकडाउन जारी भएको हुनाले यस विषम परिस्थितिलाई मध्येजनर गर्दै सो अवधि सम्म महासंघबाट सुनचाँदीको दरभाउ उपलब्ध नहुने जानकारी गराएको छ ।

संघको चैत ८ गते बसेको १९ औ पदाधिकारी बैठकको निर्णय अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले अत्यावस्यक बाहेका सबै सेवा चैत्र ९ देखि २१ गतेसम्म अत्यावस्यक बाहेकका सवै सेवा बन्द गरिने घोषणा गरेको र त्यसलाई महासंघले ऐक्यबद्धता जनाउँदै यस्तो निर्णय गरेको समेत जनाएको थियो ।

‘साथै त्यस जिल्ला/नगर/ वस्तुगत संघ तथा एसोसियट सदस्यले पनि ऐक्यबद्धता जनाउनु हुन अनुरोध गर्दै चैत्र नौ गतेदेखि २१ गतेसम्म सुनचाँदीका दैनिक दरभाउ वितरण र अत्यावस्यक काम बाहेक त्यस जिल्लामा उच्च सर्तकता अपनाउँदै आ-आफ्नो कार्यालय तथा व्यवसाय स्वेच्छिक बन्द गर्न अनुरोध गर्दछु ।’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले सोमबार (चैत १० गते) छापावाल सुन प्रतितोला ७७ हजार, तेजावी सुनको भाउ प्रतितोला ७६ हजार ७ सय र चाँदी प्रति तोला ७२० रुपैयाँ तोकेको थियो ।

वि.सं.२०७६ चैत ११ मंगलवार १३:२८ मा प्रकाशित

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...