११ चैत, काठमाण्डौं । सुनचाँदी व्यवसायी महासंघले चैत ११ देखि २१ गते सम्म सुनचाँदीको भाउ नतोक्ने निर्णय गरेको छ ।
महासंघले सरकारबाट कोरोना भाइरस कोभिड १९ को रोकथामका लागि उच्च सर्तकता अपनाउँदै चैत ११ गतेदेखि चैत १८ गते सम्म लकडाउन जारी भएको हुनाले यस विषम परिस्थितिलाई मध्येजनर गर्दै सो अवधि सम्म महासंघबाट सुनचाँदीको दरभाउ उपलब्ध नहुने जानकारी गराएको छ ।
संघको चैत ८ गते बसेको १९ औ पदाधिकारी बैठकको निर्णय अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले अत्यावस्यक बाहेका सबै सेवा चैत्र ९ देखि २१ गतेसम्म अत्यावस्यक बाहेकका सवै सेवा बन्द गरिने घोषणा गरेको र त्यसलाई महासंघले ऐक्यबद्धता जनाउँदै यस्तो निर्णय गरेको समेत जनाएको थियो ।
‘साथै त्यस जिल्ला/नगर/ वस्तुगत संघ तथा एसोसियट सदस्यले पनि ऐक्यबद्धता जनाउनु हुन अनुरोध गर्दै चैत्र नौ गतेदेखि २१ गतेसम्म सुनचाँदीका दैनिक दरभाउ वितरण र अत्यावस्यक काम बाहेक त्यस जिल्लामा उच्च सर्तकता अपनाउँदै आ-आफ्नो कार्यालय तथा व्यवसाय स्वेच्छिक बन्द गर्न अनुरोध गर्दछु ।’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघले सोमबार (चैत १० गते) छापावाल सुन प्रतितोला ७७ हजार, तेजावी सुनको भाउ प्रतितोला ७६ हजार ७ सय र चाँदी प्रति तोला ७२० रुपैयाँ तोकेको थियो ।
वि.सं.२०७६ चैत ११ मंगलवार १३:२८ मा प्रकाशित