back

जापानमा ठगी गर्नेहरुको विगविगी, नेपाली समुदायहरु सजग रहनुहोस्

वि.सं.२०७६ चैत १४ शुक्रवार

444 

shares
GLOBAL IME AD
NTC AD

चाइनाको बुहान शहरबाट सुरुभएको कोरोना भाईरस कोभिड १९ ले संसारको शक्तिसम्पन्न देशहरुलाई त्रसित पार्दै सम्पूर्ण जगतलाइ त्रसित बनाई रहेको पछील्लो स्थितिमा भाइरस फैलने र सर्ने आतंक संगसंगै ठगहरु पनि विभिन्न तरिका अपनाएर सल्बलाउन थालेका छन् जसमा तपाई हामि सजग हुन जरुरी छ । जापानी संचारमाध्यमहरुलाई आधार मान्दै जापानमा घट्न थालेका केहि ठगीका घटना र घटन सक्ने खालका घटनाहरु सहितको मेरो विचार केहि प्रस्तुत गर्दैछु ।

घट्दै गरेका घटनाहरु
घटना १ अपरिचित नम्बरबाट फोन आएर तपाइको घरको पानीको पाइपमा कोरोनो संक्रमण बिरुद्धको किटनाशक औसधि छर्नुपर्ने अथवा कोरोनाको संक्रमण को सम्भावना देखिएकोले परिक्षणको लागि घर आउनु पर्ने भनेर ठेगाना माग्ने ।

घटना २ अग्रिम जानकारी बिन सिधै घरमा आएर घन्टी बजाउने या नक गर्ने यसरि आउनेहरु दुइजनाको समूह गरेर काम गर्दा लाउने पोशाक र हेल्मेट सहित आउने (जसको कारण घरको मानिसलाइ ठगले भने अनुसारको कार्यालयको मानिस हो भनि विश्वास जित्न सजिलो हुने) र तत्कालनै ढोका खोल्दा उनीहरुले हामी बिधुत कार्यालयबाट आएको तपाइको घरमा बत्तिको समस्या छ भनेर भन्ने बित्तिकै एक जना ढोकामा जाँच गरेजस्तो गर्ने अनी अर्को माथिल्लो तला भए माथिल्लो तला नभए अन्य कोठा हेरे जस्तो गर्ने,यसरी अनुमती बिनै माथिल्लो तल जाने या अन्य कोठा चाहर्ने गरेपछी घरमा हुने ब्यक्ती पनि उ सँगै जानु पर्ने अवस्थाको सिर्जना गरी एक्लै रहने ब्यक्तिले घर भित्र या कोठा भित्र उपलब्ध भएसम्म सम्भब भएसम्म लुटपाट गर्ने।

कोरोनाको कारण आजभोली धेरै बिद्यालय, कार्यालयहरु बिदा भएको र हुन सक्ने सम्भाबित् अभाबबाट बच्न मानिसहरुले अरु समय भन्दा केही बढी क्यास पैसा घरमा राख्ने र मानिसहरु पनि घरमा रहने अत्यधिक सम्भाबना भएकोले र त्यसमा पनि बिशेषत् बुढाबुढीहरुलाई लक्षित गरी यस्तो घटनाहरु घट्न थालेका छन् ।

कोरोना केन्द्रित रहेर घट्न सक्ने अनुमान गरिएका केही परिबेस
कोरोनाको कारणले संसारको अर्थतन्त्र ओरालो लाग्दै गरेको परिप्रेक्ष्यमा ओलम्पिक समेत् सार्नु परेको अवस्थामा आर्थिक मन्दिको चपेटामा पर्ने आफ्नो जनताको राहतको लागि भनेर प्रतिब्यक्ती १ लाख एन सहयोग गर्ने कुरो आएको छ् यद्दपी यसको प्रकृया, क्राइटेरिया बिस्तृत तय हुन बाँकी नै छ । यदी यो लागु भएको अवस्थामा सरकारले दिएको सहयोग रकमको बितरणको लागि आएको लगायतका बिबिध बहना बनाएर ठगहरु घर–घरमा ठगिको प्रयासको लागि आउने सम्भाबना रहेको जापानी संचारमाध्यमहरुले जनाएका छन् ।

हामीले बुझ्नु पर्ने कुराः जापानको परिप्रेक्ष्यमा बत्ति ग्यास लगायतको कतिपय घर कोठाको भिजिट गर्नुपर्ने खालको कार्यालयले अग्रिम रूपमा भिजिट गर्ने दिन र समय को जानकारी सहितको चिट्ठी पठाएका हुन्छन् । यस्तोमा आफु नभएपनि हुने या तोकिएको अनुसार नहुँदा अन्य दिन समय रोज्न सकिने अप्सनहरु पनि हुन्छन भने अप्रत्याशित र बिना जानकारी आउनेहरु लगभग ठगिको सम्भाबनाको नै बढी हुन्छन् ।

कुनै पनि संक्रमणकालिन अवस्थामा ठगहरुले त्यो देशको परिस्थिती र अनुकुलता लाई मध्यनज गर्दै ठगिको प्रकृति फरक पार्न सक्ने भएकोले जापानको यो घटना लाई मध्यनजर गर्दै सबैले यो संसारिक महामारीको साथमा सम्भाबित् ठगि बाट बच्न सचेत रहनु हुन समेत जानकारी गराउदछु ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १०:२२ मा प्रकाशित

सार्वजनिक सेवाप्रवाहमा रोगका रूपमा सिलिपोक्रेसी

सार्वजनिक सेवाप्रवाहमा रोगका रूपमा सिलिपोक्रेसी

सार्वजनिक प्रशासन सरकारी नीतिहरूको निर्माण, कार्यान्वयन र मूल्याङ्कन गर्ने भरपर्दो...

जलवायु परिवर्तनको अर्थराजनीति : सन्दर्भ सगरमाथा संवाद

जलवायु परिवर्तनको अर्थराजनीति : सन्दर्भ सगरमाथा संवाद

जलवायु परिवर्तन भनेको औसत मौसम अवस्थामा एक दीर्घकालीन परिवर्तन हो...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...

चार जात छत्तीस वर्णको कथन : फूलबारीका मिचाहा पतझर

चार जात छत्तीस वर्णको कथन : फूलबारीका मिचाहा पतझर

भनिन्छ, ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो ।’...

बुद्ध पूर्णिमाः जुन अनित्य छ, त्यो दुःखदायी हुन्छ

बुद्ध पूर्णिमाः जुन अनित्य छ, त्यो दुःखदायी हुन्छ

काठमाडौँ । एक दिन बिहान भगवान् बुद्धलाई आफ्नो अनुयायीहरूले सुनाए...

सगरमाथा संवादमा गाउँघरका कुरा

सगरमाथा संवादमा गाउँघरका कुरा

काठमाडौँ । पर्वतीय धरातलले प्रदान गरेको प्राकृतिक सौन्दर्य र जैविक...