back

अफ्रिकामा कोरोना : ४२ देशमा कोरोना, ४२ को मृत्यु, नेपाली सुरक्षित

वि.सं.२०७६ चैत १४ शुक्रवार

660 

shares
GLOBAL IME AD
NTC AD

१४ चैत्र । अफ्रिकामा उत्तरी अफ्रिकाबाट फैलिएको कोरोना महामारी अब कुल ५४ अफ़्रिकिन देश मध्य ४२ भन्दा बढी देशमा फैली सकेको छ । सबै भन्दा बढी संख्या ९२७ जना संक्रमीत दक्षिण अफ्रिका २६ मार्च(बिहिबार) देखि पुर्ण लकडाउनमा गइसकेको छ भने अन्य देशहरु पनि संक्रमणको प्रारम्भिक अबस्थामा छन र नियन्त्रणका उपाय भर्खर अपनाउन थालेका छन । पुरै महादेश भरी अहिले सम्म ३३९१ जना भन्दा बढी संक्रमण र ४२ जनाको मृत्यको पुष्टि भैसकेको छ ।

सबैभन्दा बढी असर हुँदै गरेका देशमा दक्षिण अफ्रिका लगायत उत्तर अफ्रिकाका मोरक्को, इजिप्ट, अल्जेरिया, मोरक्को र ट्युनिसिया छन भने पश्चिम अफ्रिकाका घाना, बुर्कानो फासो, नाइजेरिया, सेनेगल र आइभोरी कोस्टमा संख्या बढने क्रममा छ । मध्य र पुर्बी अफ्रिकाका कङ्गो, रुवान्डा, केन्या, युगान्डामा सयको संख्या भन्दा कमै संक्रमण अहिलेसम्म भए पनि गत हप्ता देखि ज्यामितिय हिसाबले यो संख्या बढीरहेको छ ।

रोकथाम र उपचार गर्न सक्ने क्षमता तुलानात्मक रुपमा कमजोर रहेको यो महादेशमा शुरुमै यो संक्रमण नियन्त्रणमा नआए स्थिति भयावह हुने आँकलन गरिएको छ । सात हजारको संख्यामा नेपाली रहेको आँकलन गरिएको अफ्रिकामा ३० देश भन्दा बढीमा नेपालीको उपस्थिति छ भने संख्यात्मक रुपमा युगान्डा, सेसेल्स, नाइजेरिया, दक्षिण अफ्रिका, केन्या, घाना, जाम्बिया, कङ्गो र तान्जानियामा उपस्थित बढी छ ।

हालसम्म यहाँका नेपालीहरु यसको संक्रमणबाट प्रभावित भएको जानकारीमा आएको छैन ।

(हिक्मत थापाको सामाजिक सञ्जालबाट । थापा  : एनआरएनए आईसीसी पूर्व कोषाध्यक्ष हुन्)

वि.सं.२०७६ चैत १४ शुक्रवार १९:३२ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिभिरेलाई विशेष सम्मान प्राप्त...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...