back
CTIZAN AD

अफ्रिकामा कोरोना : ४२ देशमा कोरोना, ४२ को मृत्यु, नेपाली सुरक्षित

वि.सं.२०७६ चैत १४ शुक्रवार

1.3K 

shares

१४ चैत्र । अफ्रिकामा उत्तरी अफ्रिकाबाट फैलिएको कोरोना महामारी अब कुल ५४ अफ़्रिकिन देश मध्य ४२ भन्दा बढी देशमा फैली सकेको छ । सबै भन्दा बढी संख्या ९२७ जना संक्रमीत दक्षिण अफ्रिका २६ मार्च(बिहिबार) देखि पुर्ण लकडाउनमा गइसकेको छ भने अन्य देशहरु पनि संक्रमणको प्रारम्भिक अबस्थामा छन र नियन्त्रणका उपाय भर्खर अपनाउन थालेका छन । पुरै महादेश भरी अहिले सम्म ३३९१ जना भन्दा बढी संक्रमण र ४२ जनाको मृत्यको पुष्टि भैसकेको छ ।

सबैभन्दा बढी असर हुँदै गरेका देशमा दक्षिण अफ्रिका लगायत उत्तर अफ्रिकाका मोरक्को, इजिप्ट, अल्जेरिया, मोरक्को र ट्युनिसिया छन भने पश्चिम अफ्रिकाका घाना, बुर्कानो फासो, नाइजेरिया, सेनेगल र आइभोरी कोस्टमा संख्या बढने क्रममा छ । मध्य र पुर्बी अफ्रिकाका कङ्गो, रुवान्डा, केन्या, युगान्डामा सयको संख्या भन्दा कमै संक्रमण अहिलेसम्म भए पनि गत हप्ता देखि ज्यामितिय हिसाबले यो संख्या बढीरहेको छ ।

रोकथाम र उपचार गर्न सक्ने क्षमता तुलानात्मक रुपमा कमजोर रहेको यो महादेशमा शुरुमै यो संक्रमण नियन्त्रणमा नआए स्थिति भयावह हुने आँकलन गरिएको छ । सात हजारको संख्यामा नेपाली रहेको आँकलन गरिएको अफ्रिकामा ३० देश भन्दा बढीमा नेपालीको उपस्थिति छ भने संख्यात्मक रुपमा युगान्डा, सेसेल्स, नाइजेरिया, दक्षिण अफ्रिका, केन्या, घाना, जाम्बिया, कङ्गो र तान्जानियामा उपस्थित बढी छ ।

हालसम्म यहाँका नेपालीहरु यसको संक्रमणबाट प्रभावित भएको जानकारीमा आएको छैन ।

(हिक्मत थापाको सामाजिक सञ्जालबाट । थापा  : एनआरएनए आईसीसी पूर्व कोषाध्यक्ष हुन्)

वि.सं.२०७६ चैत १४ शुक्रवार १९:३२ मा प्रकाशित

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...