back

जोहन गाल्टुङ्को सैनिक साम्राज्य आज कोरोनाको चोटले रन्थनिएको छ

वि.सं.२०७६ चैत १४ शुक्रवार

411 

shares
GLOBAL IME AD
NTC AD

इम्पेरियल कलेज लण्डनको एउटा टिमले गरेको अध्ययन अनुसार महामारी यसरी फैलिरहे अप्रीलको अन्त्यसम्म अमेरिकाको अस्पतालहरुमा कुनै शैया खाली हुने छैन। जुनको अन्त्यसम्ममा पन्द्र जना भाइरल बिरामीले एउटै शैयामा बस्नुपर्ने हुन्छ। अमेरिकामा अहिलेको दरलाई आधा गर्दा पनि अर्को महिनासम्म छ लाख पचास हजारलाई संक्रमण हुनेछ।

अमेरिका कुनै समयको सुरम्य धर्ती, आजको महाशक्ति ।सोह्रौ शताब्दीको शुरुदेखी यो सुन्दरभूमीमा युरोपबाट आप्रवासीहरु आउन शुरु भयो। अमेरिकी आदिवासीहरुले अतिक्रमण न झेल्न सके न जित्न सके। आखिर आप्रवासीहरु अमेरिकाभरी हावी भए। बेलायतको उपनिवेशबाट मुक्त भएपछि अमेरिका औद्योगिक क्रान्तितर्फ उन्मुख भयो। आफ्नो उत्पादन बेच्न अमेरिका पनि बेलायत, पोर्चुगल, फ्रान्स झै देशबाहिर ग्राहकको खोजीमा निस्कियो। आफ्नो बढ्दो अर्थतन्त्रको सुरक्षाका निमित्त बलियो सैन्यशक्ती खडा गर्न उसका लागि आवश्यक बन्यो।

सन् १८९० देखि अमेरिकी सेनाले आफ्नो भुमिभन्दा बाहिर हस्तक्षेप शुरु गरेको पाइन्छ। प्रथम तथा दोस्रो विश्वयुद्धमा अमेरिकाको सहभागीताले उसलाई कमजोर बनाउनुको साटो बलियो बनायो। दोस्रो विश्वयुद्धपश्चात् अमेरिका महाशक्तिको रुपमा देखापर्यो। सन् १९९० मा सोभियत महासङको पतन भएपछि अमेरिका प्रतिस्पर्धारहित विश्वशक्ती बन्यो।

सन् २००० मा शान्ती अभियन्ता जोहन गाल्टुङले भविष्यवाणी गरे (सन् २०२० मा अमेरिकी सैन्यसाम्राज्यको पतन हुनेछ। तिनै गाल्टुङ्ले सन् १९८० मा लेखेका थिए (सन् १९९० सम्म सोभियत संघ ढल्नेछ। गाल्टुङले विगत तथा वर्तमानका साम्राज्यहरुको उत्थान, पतन र तिनीहरुसँग सम्बन्धित अन्तरविरोधको गहिरो अध्ययन गरेर मात्र यस्तो निचोड निकालेका थिए। आज अमेरिका कमजोर छैन, तर भयभीत देखिन्छ । व्यापारघाटा र हालसालै देखापरेको कोरोना भाइरस संक्रमणले अमेरिकालाई झक्झक्याएको छ।

सन् १९१७ को अन्त्यतिर प्रथम विश्वयुद्धको नगरा सुस्ताउन थालेको थियो। अमेरिकि सेना युद्धमा सहभागी भएको एक वर्ष पुगिसकेको थियो। अमेरिकी सेनाका १४ वटा शिविरमा महामारी फैलियो। इतिहासकार सान्टियागो माटाका अनुसार ती सैनिक शिविरहरुमा विपक्षी सेना घुसेको थिएन । भाइरस पसेको थियो र खैलाबैला मच्चाएको थियो। अर्का इतिहासकार अल्फ्रेड डब्लु क्रोस्वीका अनुसार महामारी अमेरिकाको केन्सास भन्ने ठाउँबाट शुरु भएको थियो। युद्धमा हिडिरहेका सिपाहीहरु सँगै महामारी फैलाउने भाइरसले यात्रा तय गर्यो। युरोप पुग्यो। स्पेनको एक सैनिक शिविरलाइ यसले स्वाहा पार्यो। राजा अल्फेन्सो आठौलाइ पनि यसले खुब सतायो। कोरोना परिवारको भाइरसले आपसमा युद्धरत मानिसहरुलाइ पक्षविपक्ष नभनी भुत्क्याउन थालेपछी यसबाट बच्न मास्कको प्रयोग हुन थाल्यो। भाइरसले आक्रमण नगरोस् भनी स्पेनका आमाहरुले आफ्ना बच्चाहरुको घाटीमा कपुरको माला लगाइदिन्थे। भाइरस अमेरिका, युरोप र एशियामा फैलियो। करिब पचास करोड मानिस संक्रमित भए। पाँच करोड मानिसले ज्यान गुमाए। कोरोना भाइरसले विश्वलाई सताइरहेकै बेला विश्वका शासकहरु भने फ्रान्सको भर्सेइमा जम्मा भए अनि युद्धको नाफा र घाटाको भाग लगाउन व्यस्त भए । नागरिकको स्वास्थ्यलाइ भन्दा युद्धबाट प्राप्त हुने नाफालाई शासकहरुले प्राथमिकतामा राखे। ‘स्पेनिस फ्लु’ नाम दिइएको उक्त महामारीबाट सन् १९१८ को अक्टोबरमा मात्र दुई लाख अमेरिकी मरे भने सन् १९१८ देखि सन् १९२० सम्म छ लाख पचहत्तर हजार अमेरिकी नागरिक मरे। अमेरिकी सैनिकहरु लडाइको कारणले भन्दा उक्त भाइरल महामारीका कारण धेरै मरे।

राजनीतिको देखिने तहमा सत्ता हुन्छ । त्यसका भित्री महत्त्वपूर्ण अङ्गहरु मध्ये मानव स्वास्थ्य पनि हो। मानव स्वास्थ्यले राजनितिक स्वरुपमा हेरफेर ल्याउने हैसियत राख्दछ। मानिसलाइ सताउने विभिन्न रोगहरुको कारण राज्यले आफ्नो आम्दानीको केही भाग स्वास्थ्यमा लगानी गर्न थाले। मानव ज्ञान अनुसन्धानमा साधनारत भयो। सन् १९२८ मा अलेक्जेण्डर फ्लेमिङले पेनिसिलिनको आविस्कार गरे। व्याक्टेरियाका कारण हुने अकाल मृत्युबाट मानव जातिलाइ जोगाउने त्यो धेरै ठूलो उपलब्धि थियो। त्यो उपलब्धिको पुजीवादले व्यापार गर्यो। पश्चिमा मुलुकहरुले औसधिको व्यापारबाट धेरै पैसा कमाए। अन्य मुलुकहरुको उपचारपद्धति ध्वस्तप्राय भयो। आज विश्व सत्ता भाइरससँग हैरान छ। भाइरस बारे विज्ञानमा पूरा जानकारी छैन। यसका लाखौ प्रजातिका विरुद्ध काम गर्ने औषधी विज्ञानले पत्ता लगाउन बाकी छ। विश्व अझै व्याक्टेरिया युगमा छ ।यसले भाइरल युगमा प्रवेश गर्दा विश्व व्यवस्थामा ठूलो परिवर्तन आउँछ। भाइरसको लड्ने तरिकाले विश्वसाम्राज्यवादको टिक्ने तरिकालार्इ ध्वस्त बनाइदिन्छ जसरी व्याक्टेरियामाथिको विजयले उपनिवेशको अन्त्य गरेको थियो।

यतिबेला फैलिएको भाइरल महामारीले विश्व त्रसित छ। अमेरिका र चीनबिच आरोप प्रत्यारोप चलेको छ। चीनले अमेरिकाबाट चीन आएका सैनिकहरुबाट भाइरस चीनमा सरेको आरोप लगाएको छ। चीनको दावी अनुसार अमेरिकी सैनिक बसेको होटलका कर्मचारीहरुमा पहिलोपटक संक्रमण देखिएको थियो। अमेरिकाको मेरिल्याण्डमा रहेको सैनिक प्रयोगशालाबाट भाइरस सैनिकहरुमा सरेको चीनिया आरोप छ। अमेरिकी रास्ट्रपति ट्रम्पले भाइरसको नाम नै ‘चाइनिज भाइरस’ राखे। सन् २०१९ मा अमेरिकाको स्वास्थ्य तथा मानवसेवा विभागले महामारी विरुद्ध ‘ क्रीम्सन कोन्टोजिन’ नामक अभ्यास गर्यो। उक्त अभ्यासमा चीनबाट एक भाइरल महामारी फैलिएको कल्पना गरिएको थियो। उक्त महामारीले अमेरिकामा मात्र पाच लाख छ्यासी हजार मानिस मर्न सक्ने अनुमान गरिएको थियो। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार जाडो मौसममा हुने फ्लुले दुई करोड नब्बे लाख अमेरिकीलाई समायो। ती मध्य दुई लाख असी हजार अस्पतालमा भर्ना भए भने सोह्र हजार मरे। ती मर्नेहरु साच्चिकै मौसमी फ्लुका बिरामी थिए या कोरोना भाइरसका बिरामी थिए भनी शंका गर्ने पनि छन् । तर अमेरिकी दाबी अनुसार कोरोना भाइरस त्यहाँ जनवरीको अन्त्य तीर पुग्यो। संक्रमणले तीव्रता लिएपछी सबैभन्दा धेरै सन्क्रमित हुने देशको सुचीमा अमेरिकाले आफ्नो नाम लेखाएको छ। सबै राज्यहरुमा संक्रमण फैलिएको छ। मर्नेहरुको संख्या हजार नाघेको छ।

पछिल्ला दिनहरुमा आतंकवादसँग लडिरहेको बताउने अमेरिकाले अब कोरोना भाइरससँग लड्नुपर्ने भएको छ। सन् २०१८ मा अमेरिकाले महामारी तयारी कार्यालय विघटन गरेको थियो। अमेरिकासँग इटालीको भन्दा कम प्रतिव्यक्ति अस्पताल शैया संख्या छ। एक लाख असी हजार भेन्टिलेटर छन् भने भेन्टिलेटरमा काम गर्ने एक लाख जनशक्ति अमेरिकासँग छ। भाइरसले च्यापेर श्वासप्रश्वासमा जटिल समस्या भएका बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ। इम्पेरियल कलेज लण्डनको एउटा टिमले गरेको अध्ययन अनुसार महामारी यसरी फैलिरहे अप्रीलको अन्त्यसम्म अमेरिकाको अस्पतालहरुमा कुनै शैया खाली हुने छैन। जुनको अन्त्यसम्ममा पन्द्र जना भाइरल बिरामीले एउटै शैयामा बस्नुपर्ने हुन्छ। अमेरिकामा अहिलेको दरलाई आधा गर्दा पनि अर्को महिनासम्म छ लाख पचास हजारलाई संक्रमण हुनेछ। डाक्टरहरुले निराश हुँदै (आकाश खसिरहेको छ।’ ‘हतियारविनाको युद्ध ।’ आदि ट्विट गरेका छन् । मास्क उत्पादनको ठूलो केन्द्र वुहान आफै बिरामी परेपछी अमेरिकामा समेत मास्कको अभाव भयो। न्यासोफ्यारेङियल स्वाव उत्पादन गर्ने ठूलो केन्द्र इटालीको लोम्बार्डी शहरसमेत महामारीको भुङ्रोमा छटपटिएको छ। यसको प्रभावस्वरुप अमेरिकाले दक्षिण कोरियाले झै फटाफट परिक्षण गर्नसकेको छैन।

अहिलेसम्मको महामारी व्यवस्थापनलाई हेरेर डेरेक थम्प्सन भन्छन (अमेरिकाले एउटा असफल देशको व्यवहार गरिरहेको छ। सेठ बेरक्लेको अनुमानमा महामारीको विनाशकारी विस्फोटका कारण अमेरिकाले औद्योगिक विश्वबाट अस्ताउनु पर्ने हुन सक्छ। शुरुमा गम्भीर नदेखिएका ट्रम्पले दशजना भन्दा बढी एक ठाउँमा जम्मा नहुन आदेश गरेका छन् । आर्थिक प्याकेजको घोषणा गरेका छन् । सबैभन्दा ठूलो कुरा समयमै सामाजिक दुरि कायम गर्न, चहलपहल बन्द गर्न इटाली झै अमेरिका पनि चुकेको छ। सामाजिक दुरि कायम गर्दा मात्र पनि ९५ प्रतिशतका दरले संक्रमण घट्छ। भाइरस एउटा देशमा मात्र नियन्त्रणमा आएर हुदैन। विश्वभरी नै नियन्त्रणमा आउनुपर्ने हुन्छ। एउटा घुमक्कड नै फैलाउनको लागि प्रयाप्त हुन्छ। सन्क्रमित मानिसले एकपटक हाछिउ गर्दा वा खोक्दा पाच लाख भन्दा बढी भाइरस वरपर फैलिन्छन।

प्रत्येक पाँच अमेरिकी जागीरे मध्य एकले जागीर गुमाएको छ। अप्रीलसम्म चार करोड अमेरिकनहरुले आफ्नो जागीर गुमाउनेछन। होटेल, रेस्टुरेन्ट बन्द भएका छन् । विश्वमहाशक्तिको गति झण्डै ठप्प भएको छ। उ अन्य प्रभावित मुलुकहरुलाई सहयोग गर्न सक्ने अवस्थामा छैन। सहयोग मागिरहेको छ। जोहन गाल्टुङ्को सैनिक साम्राज्य आज कोरोनाको चोटले रन्थनिएको छ। साम्राज्यको ताकतमा फेरबदल होला या नहोला, आम अमेरिकी जनताले झण्डै एक सय वर्षपछि कोरोना सजाय भोगिरहनु परेको छ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १९:१७ मा प्रकाशित

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य

काठमाडौँ ।  पुँजी बजारमा केही अदृश्य रहस्य रहेका हुन्छन् ।...

मौलाउँदो भ्रष्टाचार : हराउँदो सदाचार ?

मौलाउँदो भ्रष्टाचार : हराउँदो सदाचार ?

नेपालमा दशकौंको लामो संघर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको...

राजनीतिक भागबन्डामा चुनाव हारेका पौडेलको गभर्नरमा जित

राजनीतिक भागबन्डामा चुनाव हारेका पौडेलको गभर्नरमा जित

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेले बाजी...

सार्वजनिक सेवाप्रवाहमा रोगका रूपमा सिलिपोक्रेसी

सार्वजनिक सेवाप्रवाहमा रोगका रूपमा सिलिपोक्रेसी

सार्वजनिक प्रशासन सरकारी नीतिहरूको निर्माण, कार्यान्वयन र मूल्याङ्कन गर्ने भरपर्दो...

जलवायु परिवर्तनको अर्थराजनीति : सन्दर्भ सगरमाथा संवाद

जलवायु परिवर्तनको अर्थराजनीति : सन्दर्भ सगरमाथा संवाद

जलवायु परिवर्तन भनेको औसत मौसम अवस्थामा एक दीर्घकालीन परिवर्तन हो...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...