back
CTIZAN AD

विदेशमा अड्किएका नेपालीको उद्धार गर्न सरकारले तत्कालै उचित कदम चाल्नुपर्छ

वि.सं.२०७६ चैत १४ शुक्रवार

870 

shares

बेलायत अब युरोपियन युनियन अन्तर्गत न भएको कारण नेपालको जहाज सिधै बेलायत ल्याउन सक्ने सम्भाबना पनि छ । सम्बन्धित निकायमा कुटनीतिक सम्पर्क गरेर नेपाली ध्वजाबाहक जहाज ल्याउन सकियो भने पछि सहज बाताबरण भएपछि नियमित उडान गर्न पनि सजिलो हुने थियो । अझ यसलाई प्रभावकारी बनाउन बेलायत सरकारलाई पनि सजिलो हुने गरि नेपालमा भएका बेलायतीहरु बोकेर आउने र यहाबाट आफ्नो नागरिकहरु लिएर जान सकियो भने सुनमाथि सुगन्ध नै हुनेथियो ।

बिदेशमा अड्किएका नेपालीहरुलाई आफ्नो देश फर्काउने जिम्मेवारी सरकारको हो । सम्भावित रोग संक्रमणलाइ ध्यानमा राखी अपनाउनु पर्ने सबै बिधि पूरा गरि छिटो भन्दा छिटो यो प्रक्रिया थालनी गर्नुपर्दछ । अहिले बेलायतमा २५ भन्दा बढी संख्यामा नेपाली डाक्टरहरु एउटा परिक्षामा सरिक हुन् आएको बुझिन्छ । अनिश्चित समयको लागि उक्त परिक्षा स्थगित भएको छ । सबैजना नेपालमा काम गरि रहेकाहरु नै भएकोले अहिलेको विषम समयमा नेपालको लागि ति डाक्टरहरु झन् बढी आवश्यक हुन् जान्छ । ठुलो संख्यामा बिद्यार्थीहरु पनि रहेका छन् । काम र पढाइ दुवै नभएको अबस्थामा यहिनै बसी रहनु पनि त्यति सहज हुदैन ।

आफन्तहरु भेट्न आएका, घुम्न आएका, सरकारी काममा आएकाहरु पनि होलान् । यहा बस्दा आइपर्ने अन्य स्वास्थ्य समस्यामा पनि सामान्य उपचार गर्न समेत नपाइने, परिवार संग टाढिएर बस्न पर्ने समस्या त् छदै छ । अड्कलेर ल्याएको खर्च पनि सकिदै जानेछ । यी र यस्ता समस्याहरुबाट समयमा नै बाहिर आउँन सकिएन भने भोली ठुलो मानसिक क्षत समेत ब्यहोर्न पर्ने हुन् सक्दछ । हामी लामो समय देखि यहाँ बसोबास गर्दै आएकाहरु समेत सहज परिश्थिति भएमा नेपाल नै जान पाए बेश बन्ने अवस्थामा पुगिसकेको बेलामा छोटो समयको लागि आएका नेपालीहरु लामो समयसम्म यहा बसी रहन सक्ने हुदैन । यो समस्या त्यति छिट्टै समाधान हुन्छ जस्तो पनि लाग्दैन । तसर्थ यो बिषयलाई छिटो भन्दा छिटो सम्बोधन गर्न पर्दछ ।

नेपालमा रहेका विदेशीहरुलाई क्रमश सबै सरकारके फिर्ता लाने प्रक्रिया शुरु भै सकेको छ । आजै मात्र पनि जर्मनी र फ्रान्सका ३०५ नागरिकहरु बिशेष यानबाट नेपाल छाडेका छन् । बेलायत सरकारले पनि छिट्टै त्यसो गर्न आफ्ना नागरिकहरुको लागत संकलन गर्दै गरेको बुझिन्छ । यहि अबसरमा हामीले पनि सरकारी स्तरबाट बेलायत सरकारसँग सहकार्य गरि बेलायतमा रहेका नेपालीहरुलाई पनि सकिन्छ भने त्यहि जहाजमा लान सकियो भने आथिक बोझ पनि कम हुन् जाने थियो ।

बेलायत अब युरोपियन युनियन अन्तर्गत न भएको कारण नेपालको जहाज सिधै बेलायत ल्याउन सक्ने सम्भाबना पनि छ । सम्बन्धित निकायमा कुटनीतिक सम्पर्क गरेर नेपाली ध्वजाबाहक जहाज ल्याउन सकियो भने पछि सहज बाताबरण भएपछि नियमित उडान गर्न पनि सजिलो हुने थियो । अझ यसलाई प्रभावकारी बनाउन बेलायत सरकारलाई पनि सजिलो हुने गरि नेपालमा भएका बेलायतीहरु बोकेर आउने र यहाबाट आफ्नो नागरिकहरु लिएर जान सकियो भने सुनमाथि सुगन्ध नै हुनेथियो ।

यी माथिका दुवै उपायहरु भएन भने पनि नेपालमा नियमित चल्ने गरेको कुनै कम्पनीलाई बिशेष उडानको लागि प्रयोग गर्न सकिने छ । यो अबस्थामा आइपर्ने आर्थिक भारलाई सम्बन्धित पक्षले पनि ब्यहोर्न तयार हुन् पर्ने छ । सरकार विभिन्न संस्थाहरु र सम्बन्धित पक्ष्नले खर्च व्यहोर्ने हो भने जहाज चार्टर गर्न पनि त्यति असम्भब हुने छैन । १४८ यात्रु बोक्न सक्ने जहाजले प्रति व्यक्ति १७ सय पाउण्ड लिने प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

अनिश्चित समय सम्म अनिर्णयको बन्दि भएर मानसिक हानी ब्यहोर्नको बदला यो आर्थिक भार बोक्नु बढी बुद्धिमानी हुनेछौ ।

यी मध्ये कुनै पनि विकल्प प्रयोग गर्न सर्ब प्रथम नेपाल सरकारको स्वीकृति प्राप्त गर्न जरुरी छ । अहिले नेपालमा देखा परेका चारैजना बिरामी बाहिरबाट नै गएको पुष्टि भएको हुँदा अतिनै जिम्मेवारीपुर्बक परिक्षण गरेर मात्रै जान सकिने र नेपाल पुगी सकेपछी पनि आवाश्यक कडाइकासाथ जांच पड्ताल गर्ने वा आइशोलेशनमा नै बस्नुपर्ने निर्णय गर्न पनि हिचकिचाउनु हुदैन । तर सम्भब भए सम्मका आफ्ना नागरिकहरु जो कम समयको लागि अन्य देशमा पुगेर फर्किन सकी रहेका छैनन् उनी हरुको हकमा सरकारले उचित कदम चाल्नु अति आबश्यक देखिन्छ ।

वि.सं.२०७६ चैत १४ शुक्रवार २२:२२ मा प्रकाशित

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...