back
CTIZAN AD

कोभिड–१९ पछिको नेपालको अर्थराजनीतिमा देखापर्ने परिदृश्य

वि.सं.२०७६ चैत १७ सोमवार

1.2K 

shares

 विदेशमा रोजगारी गुम्ने कारण वैदेशिक रोजगारमा विकर्षण हुन्छ र बाध्य भएर स्वदेशमा आएर कृषि उत्पादनमा लाग्छन युवाहरु, सवै तहको सरकारले कृषि अनुदानलाई प्रभावकारी बनाउछन, घरेलु उत्पादन उपभोगमा प्रोत्साहित गर्नेछन र बजारको सुनिश्चित हुनेछ।

मुलुकको GDP  को ५७ प्रतिशत ओगटेको सेवामुलक उद्योगहरु पनि धराशाही हुनेछन, सानातिना रोजगारी पनि गुमेर शहरी सामान्य घरपरिवारहरुको जीवन पद्दति बिथोलिने छ ।

 

COVID-19 : विगतमा संसारको निश्चित स्थानमा देखिएको महामारी र संकटको निहुमा शक्तिराष्ट्रहरुले सिमा विस्तार, उपनिवेश शुरुवात र विस्तार तथा राजबंशको पतन गराएको देखिन्छ । तर आज संसारलाइ आपत विपतपारेको Covid- 19 जस्तो गम्भीर महामारीले तुलनात्मक रुपमा शक्तिशाली राष्ट्रहरुलाई बढी लखेटिरहेको छ । यसलाइ मध्येनजर गर्दै सवै मुलुकहरुले सुरक्षात्मक्र उपचारात्मक उपायको लागि सम्पूर्ण शक्ति लगाएका छन् । हाम्रो जस्तो कम विकसित र विधमान कमजोर संरचना भएको मुलुकमा सरकारले महामारी रोकथामको लागि श्रोत साधनले भ्यायसम्म राम्रो प्रयास गरेको छर यो फैलिन दिने छैन र केही भएको पनि रोकिनेछ । तर यो महामारीको संकटले विश्व अर्थ राजनीतिमा केहि महत्वपूर्ण छाल ल्याउने नै छ ।

नेपाल जस्तो कुल ग्रहास्थ उत्पादनमा करिब ३५ प्रतिशत वैदेशिक ऋण र अनुदान, करिब २८ प्रतिशत रेमिटेन्स र ५७ प्रतिशत सेवा क्षेत्रले योगदान गरेको मुलुकमा विश्वव्यापी आएको संकटले ठुलो धक्का दिने देखिन्छ । नेपालको अर्थतन्त्रको परनिर्भरता, शासकीय संरचना, सोच र गतिशिलता, राजनैतिक सस्कार र गतिशिलताको कारण नेपालको अर्थ राजनीतिमा देखापर्ने सकारात्मक र नकारात्मक परिदृश्य उल्लेख गर्ने प्रयास गरिएको छ ।

सम्भावित सकारात्मक परिदृश्य
– सन् १९३० को आर्थिक मन्दी तथा २००८ को आर्थिक संकटमा राज्य र सरकारको भूमिका खोजे जस्तै राज्यर सरकारको सक्रिय भूमिका खोजिनेछ, नवउदारवादी बजार अर्थतन्त्र कम्जोर हुँदै जानेछ(संकटको बेला युरोपले चालेको चलाखीपूर्ण कदमबाट सिक्नेछ)।

– स्वास्थ्य र शिक्षामा राज्यको लागानी विस्तार हुन्छ र सामन्य जनताको पहुँचमा बृद्दी हुन्छ तथा सरकारले वैदेशिक सहयोगलाई नतिजामुखी कार्यमा लगाउनेछ।

– विदेशमा रोजगारी गुम्ने कारण वैदेशिक रोजगारमा विकर्षण हुन्छ र बाध्य भएर स्वदेशमा आएर कृषि उत्पादनमा लाग्छन युवाहरु, सवै तहको सरकारले कृषि अनुदानलाई प्रभावकारी बनाउछन, घरेलु उत्पादन उपभोगमा प्रोत्साहित गर्नेछन र बजारको सुनिश्चित हुनेछ।

– केहि सिप लिएर आएका युवाहरु घरेलु तथा साना उद्योगमा लाग्नेछन, सवै तहका सरकारले वास्तविक उधोगिलाई अनुदान र तालिम प्रदान गरी उधमशिलाताको विकास हुनेछ।

– जनप्रतिनिधिहरुमा रहेको चरम शासकवादकोअन्त्य हुनेछ (लेनिनले भनेका थिए – ‘ पुराना शासकलाई हटाएर तिनका ठाउँमा बस्न जाने होइन, हामीले त सवै किसिमका शासकवादलाई निर्मुल गर्ने हो”)

– कर्मचारीतन्त्रलाई सक्षम्र निश्पक्ष वनाइने छ,कर्मचारीहरु कानुनको पालना गरी जनमुखी सेवा दिनेछ , भ्रष्टचारमा शुन्य सहशिलता कायम गरी दण्ड र पुरस्कार प्रणालीलाई प्रभावकारी वनाइनेछ ।

– नयाँ सस्न्कृति र सभ्यताको समाजनिर्माण हुनेछ ( विपीले भनेका थिए- समाजवाद मुलतस एउटा नविन सभ्यताको निर्माण हो, नयाँ राजनैतिक व्यबस्था हो, फगत उत्पादन प्रणाली र वितरण व्यवस्था मात्र हुदै होइन )।

– लाक्षित् बर्गलाई राहतको पाकेज ल्याइनेछ, मुद्रास्फिर्ती नियन्त्रण हुनेछ र निजि क्षेत्रलाई पनि प्रोत्साहन गरिनेछ ।

– प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यो संकट मोचनमा प्रयोग गरी अल्पकालीन रोजगारी र पुंजी निर्माण गरिनेछ,अर्थतन्त्र आत्मनिर्भारुन्मुख हुनेछ र मुलुक नयाँ ढंगले उठ्नेछ ।

सम्भावित नकारात्मक परिदृश्य

– बजार अर्थतन्त्रलाइ पुनर्विचार गरिने छैन र साविकै दलाल पुंजिबाद र आसेपासे पुंजिबादलाइ प्रोत्साहन गरिने छ ।

– राजनैतिक दलभित्रको गुटको झगडाले चरम रुप लिनेछ ( बाहिर चाहि विचार र सिद्दान्तका कुरा हुनेछन), गुट बलियो बनाउन शक्ति र पैसाको प्रयोग हुनेछ, विदेशी चलखेलले प्रोत्साहन गर्नेछ तथाभ्रष्टचार र विकृति बढ्ने छ ।

– राहत र विकासको नाममा चरम भ्रष्टचार हुनेछ र मुल्य बृद्दी भई धनि र गरिबको खाडल फराकिलो हुनेछ।

– विशेष शर्तमा गरिबको नाममा केहि विदेशी सहयोग पनि आउने छ्न र दुरुपयोग पनि हुने कारण सकारात्मक परिणाम देखिने छैन ।

– वैदेशिक रोजगारीबट प्राप्त हुने विप्रेषण धेरै तल झर्नेछ, देशको GDP घट्नेछ र विप्रेशंमुखी घरधुरिहरुको जीवनशैली विथोलिनेछ ।

– मुलुकको GDP  को ५७ प्रतिशत ओगटेको सेवामुलक उद्योगहरु पनि धराशाही हुनेछन, सानातिना रोजगारी पनि गुमेर शहरी सामान्य घरपरिवारहरुको जीवन पद्दति बिथोलिने छ ।

– धेरै युवाहरुको रोजगारी गुम्नेछ, माग पक्ष कमजोर हुने तर उत्पादनमा कमि र भ्रष्टचार पनि बढ्ने कारण मूल्य बृद्दी भै अर्थतन्त्र स्टागनेशनमा जानेछ ।

– आगामी आर्थिक बर्षमा स्थानीय चुनावमुखी बजेट र योजना वितरण हुनेछ, राजनैतिक दलहरु वीच झगडाले उग्र रुप लिनेछ, पुंजी निर्माणमा अबोरोध हुनेछ ।

– निर्वाचनमा टिकट लिन नयाँ र यथास्थितिका जनप्रतिनिधिहरुवीच अस्वस्थ प्रतिस्पर्धा हुनेछ (अन्तिममा टिकट किन्ने धन्दा पनि हुनेछ, शक्ति मार्फत श्रोतको दोहन हुनेछ), निर्धा र लगनशील कार्यकर्ताहरु दविएका हुनेछन र पलायन हुनेछन तथा गैरराजनैतिक व्यक्तिहरुको हालीमुहाली राजनीतिमा बढ्ने छ।

– मानिसहरुमा बढ्ने मानसिक चिन्ताले सवै क्षेत्रको उत्पादकत्व घट्ने छ ।

– आम मानिस गरिबीको चपेटामा पर्नेछन र गरिबीको फाइदा उठाउदै चुनाबमा खरिद बिक्रि प्रक्रिया चल्नेछ, चनाव देखि चुनाब सम्मको राजनैतिक पद्दति स्थापित हुनेछ, अर्थ राजनीति विकृति विसंगतिले घेरिएको हुनेछ र परनिर्भर अर्थतन्त्रमा रुपान्तरण हुनेछ ।

अन्त्यमा,
भनिछ हरेक संकटले सम्भावना र चुनौती संगसंगै लिएर आएको हुन्छ, सुर्य ग्रहणमा पनि चाँदीको घेरा हुन्छ । आशा गरौ, यो संकटबाट उज्ज्वल सम्भावनाको लागि हाम्रा नीति निर्माताहरुलेनारात्मक परिदिर्शेहरुल्लाई निश्तेज पारीसकारात्मक परिदिर्शेलाई अगाडी बढाउने छन् र जनतालाई देखाएको सपना पुरा गर्ने छन् ।

(लेखक – नेपालखुला विश्वविद्यालय, अर्थशास्त्र विषयका एमफिल स्कलर हुन् )

वि.सं.२०७६ चैत १७ सोमवार ०८:४७ मा प्रकाशित

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...