back
CTIZAN AD

कोरोना अपडेट : २०६ देश प्रभावित, १२ लाख बढी संक्रमित, झण्डै ६५ हजारको मृत्युु

वि.सं.२०७६ चैत २३ आइतवार

840 

shares

२३ चैत्र, काठमाडौँ । संसार नै ‘लकडाउन’ गराएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव अब प्राय विश्वका सबै देशमा परेको छ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २०६ देश पुगिसकेको छ ।

सन् २०२० अप्रिल ५ दिउँसो ३.०३ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका १२ लाख ५ हजार ७ सय १४ मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या ६४,९७२ पुगेको छ । निको भएकाहरुको संख्या २४७,९४८ छ भने उपचाररत बिरामीको संख्या ८९२,७९४ रहेको छ । जसमध्ये ८४८,६८८ को अवस्था ठिकै छ भने ४४,१०६ को स्थिति चिन्ताजनक रहेको छ ।

प्रतिशतमा भन्दा घर फर्कने ७९ प्रतिशत छन् भने २१ प्रतिशतको मृत्यु भएको देखिन्छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा अहिले अमेरिका देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ३,११,६३७ पुगेको छ भने ८४५४ को मृत्यु भएको छ । इटाली कोरोनाका कारण सबैभन्दा बढी ज्यान गुमाउने देश बनेको छ ।

मृत्युदरको हिसाबमा हेर्दा इटाली सबैभन्दा बढी प्रभावित देश बनेको छ । अहिलेसम्म १५ हजार ३ सय ६२ जनाले ज्यान गुमाएका छन् भने प्रभावितको संख्या १ लाख २४ हजार ६ सय ३२ रहेको छ ।

कोरोना उत्पत्ति भएको देश चीनमा प्रभावितको संख्या ८१६६९ र मृत्यु संख्या ३३२९ पुगेको छ भन नयाँ ३० नयाँ बिरामी थपिएका छन् भने मृत्यु हुनेमा ३ जना थपिएका छन् ।

प्रभावका हिसाबले अमेरिका, इटाली, जर्मनी, फ्रान्स अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले इटाली पहिलो, स्पेन दोस्रो, अमेरिका तेसो, फ्रान्स चौंथो, बेलायत पाचौँ, इरान छैठौं र चीन सातौँ क्षति व्यहोर्ने देशमा छन् ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

Coronavirus Cases:
1,205,714
Deaths:
64,972
Recovered:
247,948
ACTIVE CASES
892,794
Currently Infected Patients
848,688 (95%)
in Mild Condition
44,106 (5%)
Serious or Critical

CLOSED CASES
312,920

Cases which had an outcome:
247,948 (79%)
Recovered / Discharged
64,972 (21%)
Deaths

वि.सं.२०७६ चैत २३ आइतवार १५:३२ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...