back
CTIZAN AD

छिट्टै आऊ है भोलि भेटौँला

वि.सं.२०७६ चैत २७ बिहीवार

1.1K 

shares

अलिकति सामलसित बोकेर झोलामा जिन्दगी
जङ्घार तर्दै थिएँ सुसाउँदै थियो
नजिकै आनाकानी गर्दै गण्डकी
आमाका कचेरा पुछेर पँधेरीमा
ओझेल पर्दै गर्दा अँधेरीमा
जूनले रुन्चे स्वरमा मेरै नयनमा
शीतविन्दु खसालेर मलाई सोध्यो-अबेला गरेछौ
टाढैको साइत हो कि१ छिट्टै आऊ है ?
मैलै प्रतिप्रश्न गरैँ – किन र मित्र ?
म त सुत्ने बेला भो भोलि भनुँला
थोरै गन्तव्य सोधुँला दुःखको
थोरै कर्तव्य पोखुँला मुखको
कतै नभुली छिट्टै आऊ है भोलि भेटौँला।

प्रतीक्षा गर्दै गर्दा वाहनको आँपटारीमा
चिबेचरी रुँदै गर्दा बाँसघारीमा
प्रभाती किरणले मेरा गाला मुसार्दै
अनि मलाई थोत्रो बसभित्र घुसार्दै
घामले रुखो स्वरमा सोध्यो(हतार गरेछौ
साइत नजिकैको हो कि ! फर्किहाल है ?
मैलै उही प्रतिप्रश्न गरेँ – किन र मित्र ?
म कुद्ने बेला भो भोलि भनुँला
थोरै मन्तव्य दिउँला रोगको
थोरै सम्भाव्य दिउँला भोक र शोकको
कतै नडुली छिट्टै आऊ है भोलि भेटौँला।

हस् हस् भन्दै विलय भएँ यात्रामा
पढाउन जाँदै गर्दा विश्वविद्यालयमा
बाटैमा पसेँ यसो शौचालयमा
कुरा सम्झँदै थिएँ घाम र जूनका
कानमा सान्त्वना गुन्जँदै थिए उनका
घन्टी बज्यो दौडेँ कक्षामा शौच गर्नै छाडेर
सिकाउँदै थिएँ शिष्यलाई पाठ्यवस्तु फाँडेर
अलिकति ढाँटेर अलिकति छाँटेर
भनेँ- आजलाई यत्ति है ?
उनीहरूले प्रतिप्रश्न गरे- किन र गुरुबा ?
म जाने बेला भो डेरामा
भोलि पढाउँला जीवन कथा
अनि पर्सि पढाउँला ‘मुटुको व्यथा’
पाठ पढेर छिट्टै आऊ है भोलि भेटौँला।

फेरि पुगेँ- उही कलङ्कीमा,
थोत्रो झोलामा पुरानै जिन्दगी बोकेर
बिचौलियाले चिच्याउँदै घिच्याए जिन्दगी कोचेर
सुरुदेखि नै बाटाको जाम
पिसाबको जाम केही छैन के खाम
सम्झेँ कर्तव्यको जाम
बिर्सें गन्तव्यको जाम
यात्रामा थुप्रै सुइराले घोचे भाँतीभाँती
पुगेँ घरमा एक बजे गर्दै तातीताती
बसेँ आमाको काखमा तब,
बोलाउनु भो ‘सानु’ दुईचोटि राति।

मिर्मिरेमा आमाको काख
वात्सल्य पोखियो लाखौँलाख
पिलाएँ जाउलो र तातोपानी
भनेँ- आमा! अब म नजानी
कठै! सुन्नु भएन सुन्न सक्नु भएन
कठै! हेर्नु भएन हेर्न सक्नु भएन
फोक्सो थियो काम लिनु भएन
मुटु थियो ढुकढुकी दिनु भएन
बाहिर असोजको महिना थियो दसैँ आएन
मभित्र साउनको बाढी उर्लेर आयो
खै कता गयो राति आकाशमा जून आएन
खै कता गयो बिहान आकाशमा घाम आएन
आमाको छातीमा अर्धमुर्च्छित मेरा कानमा
गुन्जिरहे निरन्तर-
जूनले भनेको- ‘नभुली छिट्टै आऊ है भोलि भेटौँला ?’
घामले भनेको- ‘नडुली छिट्टै आऊ है भोलि भेटौँला ?’
शिष्यलाई भनेको-‘भोलि पढाउँला जीवन कथा’
अनि पर्सि पढाउँला ‘मुटुको व्यथा’
‘पाठ पढेर छिट्टै आऊ है भोलि भेटौँला ।
९२०७६/१२/२६(रातको ११ बजे)

वि.सं.२०७६ चैत २७ बिहीवार ११:०२ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम सुखी छैन मेरो कतै जिन्दगानी सुने हुन्छ...