back
CTIZAN AD

नयाँ वर्षको हल्ला

वि.सं.२०७६ चैत २८ शुक्रवार

774 

shares

गणतन्त्र पनि नयातन्त्र रहेन अब
‘सर्वहारापार्टी’ मा टालैटाला देख्छु
मयूर बन्नखोज्ने काग रे त ।
विकासको डोजरले कच्याककुचुक पारिगयो
धनबहादुरको छाप्रो
हरिकिसन रामले
चप्पलमा नयाँ तुना फेर्न सकेन
कसले सुनायो यस्तो झूट खबर तिमीलाई
नयाँवर्ष आउँदैछ भनेर ?
बारी बेची
मान्छेपसलेलाई पैसा खुवाएर उडेको
‘पेम्बा दोर्जे लामा’ ट्याग टाँसेको
काठको बाकस कुर्दै
आकाश नियाल्दै छ उसको बूढो बाबु
धारा छोएको ‘अपराध’ मा
भर्खरै करङ गुमाइछे सुन्तली दमिनीले
इस्कूलबाटै बेपत्ता भएकी सान्नानीको फ्रक
बनमाराको झ्याङमा भेटिएछ

कसले सुनाउँदैछ यो झुट हल्ला
नयाँ वर्ष आयो भनेर ।
घुर्दै लत्रिएको मेरो माननीयको टाउको
मुस्किलले थेगिरहेछ सदनको थोत्रो बेन्चले
हजार राजकुमारको खान्गी थेग्न सक्तिन भन्दै
थैली टकटक्याइसक्यो पैसामन्त्रीले
फाटेको झोला लिएर
साहूसँग समृद्धिको सातु माग्न
पोहर उता गएजस्तै
अहिले यता गएको साहिँलो
फर्कियो भर्खरै
रित्ता सपना बोकेर
ऊ हेर त,
मेरो न्यामूर्ति
हात पसार्दैछ टेबुलमुनिबाट
राणकालदेखि जमेको फोहर
कटकटिएको छ अझै
सिंहदरबारको कुर्सीमा
नपत्याए साछी छ
भूकम्पले धूलिसात् भएको धरहरा
सत्य हजूर ! नझुक्किऊँ है !
हल्ला हो फगत हल्ला
नयाँवर्षको !!!
२०७४। चैत्र २६
हात्तीवन, ललितपुर

वि.सं.२०७६ चैत २८ शुक्रवार ०९:५३ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...