back
CTIZAN AD

कविताः बिचारका आतंकबादीहरू

वि.सं.२०७६ चैत २९ शनिवार

879 

shares

एउटा कुबिचारले कालो झोला भिर्छ
र, उत्रिन्छ मैदानमा
निःसंकोच
अभिमानको भैंसीमा चडेर

कृत्रिम मुस्कान बोकेर
हाइजेक गर्छ मान्छेको मनलाई
अनि,बाँध्छ विचारलाई नियन्त्रणको अङ्गालोमा
धर्म–कर्म, ल्वाई–ख्वाई
बोल–चाल, प्रगति–उन्नति
सबमा निगरानीहरू शुरू गर्छ
अतः
बसेर कोट्याउँछ अर्काको अतितहरू…

वाटसेप चेक गर्छ
फेसबुक आइ. डी. केलाउँछ
अनि बिसाउँछ भारी कमेन्ट बक्समा
‘नकरात्मक प्रतिक्रिया’ को

नकाव लगाउँछ मोसो पोतिएको अनुहारमा
आफ्नो गल्तीहरू ढाक्छ
हाँसोहरू उडाउँछ
अन्तमा औंलाउँछ अर्कालाई…

आफ्नो आङ्गमा हिँडेको हात्ती देख्तैन त्यसले,
अरूको जुम्रा देख्छ
आफू दलदलमा उभिएर त्यसले,
अरूलाई हिलो छ्याप्छ

आफन्त बिचमा भाँजो हाल्छ
सत्यको निर्मम हत्या गर्छ
भात रूच्दैन त्यसलाई डाह नगरेसम्म
रात बित्दैन त्यसको निन्दा नपरेसम्म

त्यसको कर्म त्यही,
त्यसको धर्म त्यही,
त्यसको इमान त्यही,

ऐ ! कुतत्वका सम्राट…….!
त्यो नकारात्मक बिचारहरूको
अन्त्य कस्तो छ ?
तर…
अन्त्य निश्चित छ ।

वि.सं.२०७६ चैत २९ शनिवार ०९:०० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...