back

मेरा पाँच मुक्तकहरु

वि.सं.२०७६ चैत २९ शनिवार

378 

shares
NTC AD

पाउमा राख्नेलाई, शिरमै सजाईयो भुल भयो
अन्जानैमा बैगुनीलाई, गुन लगाईयो भुल भयो
आज जिन्दगीमा, पुर्पुरो समाएर रुने भएको छु,
मनलाई क्षणिक, खुशीमय बनाईयो भुल भयो ।

२.
अरुबेला कुकुर जसरी भुक्छन, पार्टिका झोलेहरु
बिपतको बेलामा,कहाँ लुक्छन पार्टिका झोलेहरु
अन्धभक्तहरुलाई, पार्टिको समर्थन गर्न पाए भयो,
त्यसैले सधै निर्णयमा चुक्छन, पार्टिका झोलेहरु ।

३.
अझै फेरिएन, तिम्रो जिस्किने बानि उस्तै हो
हुन त हाम्रो, बाल्यकालको कहानी उस्तै हो
ए कान्छी उर्लिएको बैश, सम्हालेर हिडनु ल,
बुझ्न खहरेको पानी, तिम्रो जवानि उस्तै हो ।

४.
तितो बिगत, आँखामा लगातार आईदिन्छ
रोक्न कोशिस गरे तर, बारम्बार आईदिन्छ
सबै बिर्सेर जिन्दगीमा, अघि बढन खोज्दा,
सधै यो दिमागमा, पहिलो प्यार आईदिन्छ ।

५.
कठै ति नेपाल आमाको हालत, अबला देखियो
सदन र सत्ताका भोगीको, नयाँ श्रृखला देखियो
अन्त्यमा आएर आफ्नो, औकात आफैले देखाए,
महान राष्ट्रबादिको फरक, चर्तिकला देखियो ।

वि.सं.२०७६ चैत २९ शनिवार ०९:०३ मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...