back
CTIZAN AD

कविताः कवितामा कोरोना देख्न मनलाग्यो

वि.सं.२०७६ चैत २९ शनिवार

981 

shares

आज कवितामा कोरोना देख्न मनलाग्यो,
हो ! कवितामा लेख्न मनलाग्यो
गाउँ, शहर, वस्ति
सबै कोरोनाको कहर बनेको छ
बिरानो जस्तै यो शहर बनेकोछ
शहर,
आज कोरोनाको कहर मात्र होइन
विषालु जहर बनेको छ ।

जहरले फैलाएको सन्त्रास लेख्न मनलाग्यो
हराएको वस्ति खोज्न मन लाग्यो
मानव हेर्न मन लाग्यो
हो ! आज कथा लेख्न मनलाग्यो
कोरोना ! विपत्ति बनेर
किन आयौ सोध्न मनलाग्यो ।
सबैलाई थुनेका छौं घरमा कैदि झै
कुन गल्तीको सजाय दिँदैछौं ?
किन यति कठोर तिमी ?
बिना कारण सजाय किन ?
तिम्रो नियती के रहेछ सोध्न मनलाग्यो
हो ! आज मनको बह पोख्न मनलाग्यो ।

आज शहरको
डिस्को, थिएटर, रेष्टुरेन्ट र सिनेमाहलहरु
कार्यालय, उद्योग र कलकारखाना पुरै बन्दछन्
कही कतै कोलाहल छैन
सडक देखि आकाश सुनसान जस्तै छ
न उडेका छन् न त गुडेका
चराचुरुङ्गी हरु आफ्नै तालमा रमाउँदैछन्
चराचुरुङ्गी र जनावरहरु
पिजडा र खोरमा थुनेर रमाउने
मानवहरु
आज आफै थुनिएका छन्
हो ! आज
कथामा कविता देख्न मन लाग्यो
मानव सभ्यतालाई त्राहिमाम बनाउने कोरोनालाई
कवितामा लेख्न मनलाग्यो ।

मानिसहरूले
प्रेम, मानवता र सदाचार भुलीसके
सृजना र आविष्कार भूलिसके
आफु बाँचे मात्र संसार जितिन्छ भन्ने भावनाले
मानिस बाँच्नको लागि मात्र बाँचिरहेछ
त्यसैले
बाँच्न खोज्नुको रहस्य खोज्न मन लाग्यो ।

के ! धनी के ! गरीब
आज सबैमा समानता छ
रोग, भोग र चिन्ता एउटै
औषधी एउटै र भगवान एउटै अनि मन्त्र एउटै
“आफु बाचौ र अरूलाई बचाउ“
मात्र चिन्ता छ एउटै कसरी बाँच्ने?
आज मानिस बाँच्नको लागि मात्र रुदैछ
बाँच्ने सपना मात्र देख्दैछ
त्यसैले,
कवितामा मानवको सन्त्रास लेख्न मनलाग्यो
मानिसले भोगेको यथार्थ लेख्न मन लाग्यो
कवितामा कोरोना देख्न मनलाग्यो

वि.सं.२०७६ चैत २९ शनिवार ०९:०८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...