back

गजल

वि.सं.२०७६ चैत २९ शनिवार

240 

shares
NTC AD

नजिकमा जो रहन्छन् ती नयनमा पस्तछन् ज्यादा
निकै आत्मीय टाढाका हृदयमा बस्तछन् ज्यादा

बुझाऊँ भन्छु उनलाई सबक केही सिकाएरै
कुरा कसरी बुझून् उनले सुरामा मस्त छन् ज्यादा

पुरानाले बुझेका छन् कमै देखाउँछन् फुर्ती
नयाँ जोगीहरूले नै खरानी घस्तछन् ज्यादा

जमाना बद्लियो भन्दै स्वयं पो बद्लियौँ हामी
त्यसैले मान्यता हाम्रा भएका ध्वस्त छन् ज्यादा

स्वयं चढ्नेहरूमा हुन्छ हिम्मत, आत्मबल हुन्छ
सहाराले चढेका माथि जो हुन् खस्तछन् ज्यादा

वि.सं.२०७६ चैत २९ शनिवार ०९:१३ मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...