back
CTIZAN AD

गजल

वि.सं.२०७६ चैत २९ शनिवार

660 

shares

नजिकमा जो रहन्छन् ती नयनमा पस्तछन् ज्यादा
निकै आत्मीय टाढाका हृदयमा बस्तछन् ज्यादा

बुझाऊँ भन्छु उनलाई सबक केही सिकाएरै
कुरा कसरी बुझून् उनले सुरामा मस्त छन् ज्यादा

पुरानाले बुझेका छन् कमै देखाउँछन् फुर्ती
नयाँ जोगीहरूले नै खरानी घस्तछन् ज्यादा

जमाना बद्लियो भन्दै स्वयं पो बद्लियौँ हामी
त्यसैले मान्यता हाम्रा भएका ध्वस्त छन् ज्यादा

स्वयं चढ्नेहरूमा हुन्छ हिम्मत, आत्मबल हुन्छ
सहाराले चढेका माथि जो हुन् खस्तछन् ज्यादा

वि.सं.२०७६ चैत २९ शनिवार ०९:१३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...