back
CTIZAN AD

कविताः सपना

वि.सं.२०७६ चैत २९ शनिवार

732 

shares

एउटा कालो रात
लम्पसार परेर सुतिरहेको छ
फूलमायाको अगाडि

ऊ अर्धनग्न अवस्थामा छे
अर्ध वेहोस अवस्थामा छे
ऐंठन भएको छ अंग अंग

ऊ एकतमास भएकी छे
हाँस्नलाई बिर्सिसकेकी छे
रुनलाई पनि आँसु रित्तिसकेको छ

आफ्नै जीवनको कथा लेखिएको
एउटा अध्याय च्यातेर धुजाधुजा बनाउने
मन छ उसलाई

सपना हुँदोरहेछ हरेकको
चाहे झाँसीकी रानी होस्
चाहे एलिजावेथ
चाहे फूलमाया नै किन नहोस्

अरुका आँखामा रङ्गिन सपना होलान्
तर रङ्गबिहिन सपना नै सही
फूलमायाका पनि सपनाहरू थिए

ती सपनाहरू प्रत्येक दिन
बलात्कृत हुन्छन्
उसको चाहनाको कुनै मोल हुँदैन
तप्प तप्प चुहिन्छ रगतको आँसु

आफ्नो पाठेघरमा थापेर
हृदयबिहीन विर्य
ऊ सधैँ सधैँ उष्णतामा कृतघ्न भैदिन्छे
बाँकी उसका चाहहरू
बेहिसाब छट्पटाइ रहन्छन्

अब
ऊ यो विर्यको आहालबाट
बाहिर निस्कन चाहन्छे
चाहन्छे पसारिएको कालो रातलाई च्यातेर
उज्यालो बिहान ल्याउन ।

वि.सं.२०७६ चैत २९ शनिवार ०९:१५ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...