back
CTIZAN AD

कविताः बोकेर नयाँ युग

वि.सं.२०७६ चैत २९ शनिवार

1K 

shares

घाम,
भोलि बिहान
बिस्तारै उदाउनु
तर साबिकमै उदाउनु
नानीहरूको निद गहिरो परिरहेको छ यतिबेला
जुरुक्क उठ्न सक्दैनन् यिनीहरू
बिना बिद्यालय
बिना कक्षाकार्य
बिना गृहकार्य
तरपनि
थकित छन् नानीहरू
तिमी बिस्तारै उदाउनु

भोलि डाँको दिने छैन भालेले
मिर्मिरे उज्यालोमा
डराएका छन् चिर्बिराउन चराहरु
पुर्ब लालीसंगै चिरबिराउने छैनन् तिनीहरु
किराफट्याग्राहरु निस्कनु हुदैन
जमिन बाहिर
या,छोडेर बुट्यान,
फूल
धैर्य गर्नु
पोटाउनु हुँदैन कोपिला
फुल्नु हुंदैन फूल
बाघ, सिंह र हात्तीहरु पनि
लुसुक्क छिरेका छन् गुफातिर
जङ्गल आफै दङ्ग परेको छ यतिबेला
त्यो गतिवान समय टक्क अडिएकोछ यतिबेला
सुन्दैनन् भालेको डाँक यतिबेला मान्छेहरूले
देख्दैनन् चरिबरिहरु
उडेका छैनन् पुतली
कन्चन छ आकाश
मात्र,
गिद्दहरु नाचिरहेका देखिन्छ
चलेका छैनन् कोपिला सुमसुमाउने हात
फूल
नकुर्नु बाटो कसैको यतिबेला
तिम्रो स्पर्समा मुस्काउने
कोहि छैन तिम्रो समिपमा
अनायास
टक्क अडिएको छ
त्यो चलयमान युग
तथापि
कुनै दिन उदाउने छ घाम सखारै
उठ्ने छन् नानीहरू सपना बोकेर
भाले बास्नेछन्
सुर्योदय अगाबै पङ्ख खोलेर
चिरबिराउने छन् चरीहरु
भरिने छ पृथ्वी सिर्जनाले
जुरमुराउने छन् कोपिलाहरु

फकृने छन् फूलहरु
जुट्ने छन् बिजय उत्सवमा मान्छेहरू
अनि
चल्नेछ आफ्नै गतिमा दुनियाँ
उठ्ने छ मानवजाती
बोकेर नयाँ युग ।

वि.सं.२०७६ चैत २९ शनिवार ०९:१६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...