१
मौसम बंदलिदो
परिचित अनुहार,
ऐनाले भुल्छ र मुहार !
२
पहुँचमा माफिया
नातावाद कृपावाद,
नमक हराम संयन्त्र !
३
मुर्दाहरूको सत्ता
मानव प्रयोगशाला,
खल्ती भर्छ काट्टोले पेट!
४
पिंजडा भित्र सुँगा
चारो कुरेका बचेरा,
अघोषित छन् कैदखाना!
५
कलमको अंकुश
दमनको पराकाष्ठा,
मसि बन्यो आसुको थोपा!
६
लज्जित सिंहासन
स्वाभिमान हास्यास्पद,
गौरवान्वित इतिहास!
७
ब्यस्त तिम्रो जिन्दगी
बेफुर्सदको मुस्कान,
समय किन्छौ र महान!
वि.सं.२०७६ चैत २९ शनिवार ०९:२४ मा प्रकाशित






























