कोरोनाले सारा विश्वलाई सन्त्रास बनाएको बेला
भन तिमी युद्ध चाहान्छौं कि शान्ति यो बेला ??
यदि तिमी शान्ति चाहान्छौं भने
छोड युद्धका उन्माद अब
बन्द गर हतियार कारखाना सब
छोडिदेउ हतियारको व्यापार अब
फिर्ता बोलाउ युद्धमा गएका सब
जानदेउ शरणार्थीलाई मातृभूमि अब
भत्काउ नाकाबन्दीका पर्खाल सब
सिंगो शक्ति केन्द्रीत गर कोरोना मास्नलाई
लगानी गर स्वास्थ्यजन्य उद्योग खोल्नलाई
खर्च गर कोरोना मास्ने अनुसन्धान गर्नलाई
काम देउ बेरोजगार र निस्कासित जनलाई
मिनाहा गर ऋण निर्धन राष्ट्रलाई
त्यसैले अब युद्ध होइन शान्ति चाहिएको छ
कोरोना मास्ने दृढता चाहिएको छ
मानवजातीका बिच एकता र शान्ति चाहिएको छ ।
वि.सं.२०७६ चैत २९ शनिवार ०९:२५ मा प्रकाशित






























