back
CTIZAN AD

कविताः शहरको दिनचर्या

वि.सं.२०७६ चैत २९ शनिवार

729 

shares

तमतमाउँदो परिवेश सिरानी हालेर
डङरङ्ग पल्टेको छ शहर
हतारोले बेरेको छैन पाइला
उछिनापाछिनले घचेटेको छैन मन

कुनै समय
सेकेण्डलाई तौलेर करोडमा
नापेर अणुलाई लाखमा
सासै रोकेर
पद र प्रतिष्ठाको लहरोमा झुत्तिने
उसको उत्कण्ठामा
एकाएक ब्रेक लागेको छ
अरूको निद हराउने होडमा
टुप्पी कस्ने ऊ
आज आफै
एक झप्को नभेटी
बनिरहेछ बगरको माछा

केवल
त्रसित नयन उचालेर
खटप्वालबाट निर्जन सडक नियाल्नु
विज्ञानको मोहमा लठ्ठिदै कुल्चेको
मानवता सम्झि पछुताउनु
दौलतको अहमले किचिमिची पारेको
करूणा कल्पेर भुट्भुटिनु
यस्तो दिनचर्यामा ढालेर आफूलाई
आजभोलि शहर
सभ्यताको अर्थ खोज्न
शब्दकोश उदिनिरहेछ…

 

वि.सं.२०७६ चैत २९ शनिवार ०९:२७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम सुखी छैन मेरो कतै जिन्दगानी सुने हुन्छ...