हो ! मलाई थाहा छ,
तिमी त्यस दिन देखि
सृजना बिहिन छ्यौ,
चाहेर हो वा
नचाहेरै हो
तिमी आफ्नो
प्रतिभा बिमुख छौ !!
म मन मन मै निबद्ध छु
तिम्रा चाहनाहरु प्रति
म प्रतिवद्ध छु
तिम्रा हरेक ईच्छा
आपुर्तिका निमित
तर तिमी भयौ आज
अस्ताएकी चन्द्रमा जस्ती
न थिएन को स्मृति छेकु म !
न थियो को संझना बोकुँ म !!
ताराहरु पनि
बादल पन्छाउदै
खोजी गर्दैछन् तिमीलाई
सगरमाथा उच्च शिरले
हेर्न खोज्दै छ तिमीलाई
नभको बिराटता भित्र
हरायौ तिमी कता ?
ईन्द्रेणीले रंगिनमाला
गाँसिरहेछ यता !!
शरदको मनमोहक सुवासनाले
उद्वेलित सृजनाका सर्जकहरु
फूलको पराग फैलिनाले
भुँ भुँ.. गर्दैछन् भवराहरु !
कोईलीको कु..हु कु..हु
चारैतिर फैलिरहेछ
म कति सुनु
आउ अब बाहिर
नलुक तिमी त्यसरी
मुस्काउदै सदा झै
झुल्क बिहानै तिमी यसरी
हेर्न पाँउ, छुन पाँउ
झुल्कँदै गरेकी
किरण तिमी !!
म भावको
अविचल हिमाल बनी
पाँईरहु म छात्तीभरी
तिम्रो चुम्बनको
न्यानोपन सँधैभरी
आफ्नै हृदयको
अनन्त गहिराइमा
सम्हाली राख्न पाँउ म
तिमीलाई सारा जिन्दगी भरी !!!
वि.सं.२०७६ चैत २९ शनिवार ०९:३१ मा प्रकाशित






























