back
CTIZAN AD

कविताः मन कि किरण

वि.सं.२०७६ चैत २९ शनिवार

1.3K 

shares

हो ! मलाई थाहा छ,
तिमी त्यस दिन देखि
सृजना बिहिन छ्यौ,
चाहेर हो वा
नचाहेरै हो
तिमी आफ्नो
प्रतिभा बिमुख छौ !!

म मन मन मै निबद्ध छु
तिम्रा चाहनाहरु प्रति
म प्रतिवद्ध छु
तिम्रा हरेक ईच्छा
आपुर्तिका निमित
तर तिमी भयौ आज
अस्ताएकी चन्द्रमा जस्ती
न थिएन को स्मृति छेकु म !
न थियो को संझना बोकुँ म !!

ताराहरु पनि
बादल पन्छाउदै
खोजी गर्दैछन् तिमीलाई
सगरमाथा उच्च शिरले
हेर्न खोज्दै छ तिमीलाई
नभको बिराटता भित्र
हरायौ तिमी कता ?
ईन्द्रेणीले रंगिनमाला
गाँसिरहेछ यता !!

शरदको मनमोहक सुवासनाले
उद्वेलित सृजनाका सर्जकहरु
फूलको पराग फैलिनाले
भुँ भुँ.. गर्दैछन् भवराहरु !
कोईलीको कु..हु कु..हु
चारैतिर फैलिरहेछ
म कति सुनु
आउ अब बाहिर
नलुक तिमी त्यसरी
मुस्काउदै सदा झै
झुल्क बिहानै तिमी यसरी
हेर्न पाँउ, छुन पाँउ
झुल्कँदै गरेकी
किरण तिमी !!

म भावको
अविचल हिमाल बनी
पाँईरहु म छात्तीभरी
तिम्रो चुम्बनको
न्यानोपन सँधैभरी
आफ्नै हृदयको
अनन्त गहिराइमा
सम्हाली राख्न पाँउ म
तिमीलाई सारा जिन्दगी भरी !!!

वि.सं.२०७६ चैत २९ शनिवार ०९:३१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम सुखी छैन मेरो कतै जिन्दगानी सुने हुन्छ...