सफल या असफल प्रगति या दुर्गतिमा हुँदैन
तर अज्ञानीले भन्छ प्रतिफल नियतिमा हुँदैन
अब भन्नुस् हजुर नै बास्तबमा सत्य के हो ?
भन्छन् बिनास, बिकास कसैको मतिमा हुँदैन
कसैले भन्छन् कर्म नै प्रगतिको माध्यम हो
भन्छन् कसैले भाग्य बिना क्यै एकरती हुँदैन
कुन अस्त्र शस्त्र ठूलो बिजय प्राप्तिको लागि
डर नभए मनमा कहिले पनि भत्भती हुँदैन
खै! के हुन्छ हुँदैन ,कुनै कुराको एकिन खै?
जे जति गर्छ मानिसले के त्यो गलती हुँदैन ?
महालक्ष्मी न.पा. ईमाडोल ललितपुर
वि.सं.२०७६ चैत २९ शनिवार ०९:३५ मा प्रकाशित






























