back
CTIZAN AD

खाडीका नेपालीको संवेदनशीलतामा सरकारले तत्काल ध्यान देओस्–अध्यक्ष, एनआरएनए, युएई

वि.सं.२०७७ वैशाख २ मंगलवार

1.2K 

shares

२ बैशाख, काठमाण्डौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोइरालाले खाडी राष्ट्रमा रहेका नेपालीको संवेदनशीलतालाई सरकारले गम्भीर रुपमा लिन अनुरोध गरेका छन् ।

युएईमा पछिल्लोपटक कोरोना भाइरस कोभिड १९ को संक्रमण तिब्ररुपमा बढिरहेको र धेरै नेपाली समस्यामा परेको हुनाले नेपाल सरकारले तत्काल त्यतातिर ध्यान पुर्याउन उनले अनुरोध गरेका छन् ।

युएईमा एकसाता अघि नेपाली दूतावास युएईले जानकारी दिए अनुसार ११ जना नेपाली संक्रमित भएको आधिकारी सूचना दिइए पनि विभिन्न श्रोतबाट प्राप्त पछिल्ला तथ्यांकहरुमा ५० भन्दा बढी नेपाली संक्रमित भइसकेको सूचना प्राप्त भएको कोइरालाले संसारन्युजलाई जानकारी दिएका छन् ।

कोइरालाका अनुसार दूतावासमा उक्त कुराको जानकारी दिँदा राजदूतले आफूले पनि सुनेको र युएई सरकारका तर्फबाट आधिकारीक डाटा नपाएको बताएका छन् । ‘हामीले यहाँबाट प्राप्त भएका सूचना कोभिड १९ बाट पीडित नेपालीहरु र संक्रमणपछि समस्यामा परेका नेपालीहरुको डाटा संकलनका लागि गुगलमार्फत् अपडेटका लागि आव्हान गरिएकोमा त्यहाँ धेरैले आफ्नो विवरण तथा आफ्ना समस्याहरु अपडेट गर्नुभएको छ,’ ‘अध्यक्ष कोइरालाले भने, ‘यस आधारमा धेरै नेपालीहरु यहाँ समस्यामा रहेको र उनीहरुको सहयोगका लागि हामीले राज्यगतस्तरमा नै संघका पदाधिकारीहरुलाई परिचालन गरेका छौं । दुबई २४ सै घण्टा लकडाउन भएको हुँदा त्यहाँका प्रहरीसँग समन्वय गरेर उपाध्यक्ष पासांङ शेर्पाको संयोजकत्वमा टिम बनाएर राहत वितरण गरेका छौं । अन्य राज्यमा दिउँसको समयमा फ्री भएको हुनाले त्यहाँका क्षेत्रिय संयोजकहरुले नै राहत बाडिरहनु भएको छ ।’

अध्यक्ष कोइरालाले सबै क्षेत्रबाट दिनमा ५०० केजीका दरले सामाग्री तथा सेनिटाइजरलगायतका सामग्री समस्यामा परेकाहरुलाई वितरण गरेको बताएका छन् । कोइरालाले आफूमा कोरोना संक्रमणको लक्षण देखिएको र विरामी भएको भनेर फोन गर्ने नेपालीहरुको विवरण दूतावासलाई उपलब्ध गराएको र दूतावासले यहाँको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर नेपालीको बारेमा जानकारी गराएको तथा उपचारका लागि आग्रह गरेको समेत जानकारी दिएका छन् । दूतावासले नेपाली संघसंस्थाहरुसँग समन्वय गरेर काम गरिरहेको पनि उनले जानकारी दिएका छन् ।

अध्यक्ष कोइरालाले यतिबेला युएईमा रोजगारी गुमाएका, भिजिट भिसामा आएर रोकिएका, विद्यार्थीहरु, बाबुआमाको मृत्युमा पनि काजकिरीया लगायतका कार्यमा जान नपाएका नेपालीहरु, संक्रमण सुरु भएका दिनबाटै काम नपाएका तथा तलब नपाएका नेपालीहरु बढी समस्या रहेको र उनीहरुलाई खान बस्नका लागि जानकारी पाएसम्म खानाको लागि व्यवस्था गरेको पनि उनले बताए । त्यसका लागि विभिन्न श्रोतहरुबाट सहयोग लिइएको पनि उनले बताए ।

एनआरएनए आफैमा एउटा सामाजिक संस्था भएकाले लाभको लागि नखोलिएको तथा आर्थिकरुपमा शसक्त नभएकाले सिमित अर्थलाई परिचालन गरिएको बताएका अध्यक्ष कोइरालाले भने, ‘यहाँ दैनिक तीन देखि साढे तीनसय नागरिक संक्रमित हुने अवस्था आएको र मृत्युको संख्या पनि बढ्दै गएको देखिन्छ । समस्याहरु थपिदै गएका छन् । केही दिन त हामीेले सहयोग गरौंला तर पछि नसक्ने अवस्था पनि आउँछ । त्यसकारण नेपाल सरकारले आफ्ना नागरिकको उत्तरदायित्व गहन रुपमा मनन गर्नुपर्छ । जो समस्यामा छन्, खाना नपाएका छन्, तर संक्रमित छैनन् तीनलाई नेपाल लैजान नसकेमा खानाको व्यवस्था भएपनि गरिदिनुपर्छ ।’

युएईमा रहेका श्रमिकले रेमिट्यान्स पठाउँदा खुसी हुने सरकारले अहिले यो विषम परिरिस्थतिमा तिनै रेमिट्यान्स पठाइरहेका नागरिकले खान नपाउँदा र समस्यामा पर्दा वास्ता नगरेको देख्दा अतिनै दुःख लागेको उनले बताए । उनले नेपाल सरकारलाई बेलैमा संवेदनशील हुन समेत अनुरोध गरेका छन् ।

‘समस्यामा परेका नेपाली र यहाँ स्वाव टेष्ट गरेर संक्रमण नदेखिएका नेपालीलाई नेपाल फर्काएर १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाउन सकिन्छ । एउटा नागरिकको आफ्नो देश फर्कन पाउने अधिकारलाई नेपाल सरकारले बुझ्नुपर्छ । त्यो अधिकारमा सरकारले कुनै पनि रोकतोक गर्नु हुँदैन ।’ उनले भने ।

हाल युएईमा संक्रमितको संख्या ४ हजार ५२१ पुगेको र मृतकको संख्या २५ पुगेको छ भने संक्रमित मध्ये ८५२ जना निको भएर घर फर्किएका छन् ।

वि.सं.२०७७ वैशाख २ मंगलवार १५:५२ मा प्रकाशित

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...