back
CTIZAN AD

कतारमा पनि कोरोना भाइरसबाट नेपाली संक्रमित भएको दूतावासद्धारा जानकारी

वि.सं.२०७७ वैशाख ३ बुधवार

1.6K 

shares

३ बैशाख, कतार । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कतारमा पनि तिब्रगतिमा फैलिइरहेको छ ।

कतारमा पछिल्लो २४ घण्टामा मात्रै २८३ जना नयाँ संक्रमितको पहिचान भएको हो ।  नेपाली दूतावास कतारले कतारमा नेपालीहरु पनि संक्रमित भएको तर उनीहरुकै आग्रह बमोजिम यससम्बन्धी जानकारी सार्वजनिक नगरिएको बताएको छ ।

‘संक्रमित व्यक्तिले चाहेमा परिवार, आफन्त वा राजदूतावाससँग सम्पर्क गरी जानकारी दिन सक्नुहुनेछ,’ दूतावासद्धारा बुधबार जारी सूचनामा भनिएको छ,‘ यसै क्रममा उक्त भाइरसबाट संक्रमित केही नेपालीहरू राजदूतावासको सम्पर्कमा हुनुहुन्छ । वहॉंहरूको स्वास्थ्यमा जटिलता नरहेको र सुधारोन्मुख रहेको छ । वहॉंहरूकै आग्रहबमोजिम यससम्बन्धी जानकारी सार्वजनिक गर्न नसकिने व्यहोरा समेत सबैमा अनुरोध छ ।’

कतार सरकारले संक्रमणको रोकथाम, पहिचान र उपचारमा कतारी र आप्रवासी बिचमा बिना कुनै भेदभाव व्यवहार गरिने र संक्रमितको निःशुल्क उपचार गरिने जनाएको र सोही अनुरूप भईरहेको पनि दूतावासले जनाएको छ । कतार सरकारले कोभिड १९ को संक्रमणबाट उपचारार्थ संक्रमितहरूको देशगत वा समुदायगत जानकारी उपलब्ध नगराउने नीति लिएको समेत दूतावासले जानकारी दिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कतारमा आज (बुधबार) सम्म ५४ हजार ४८४ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ (जसमा आज १८६२ जनामा परीक्षण गरिएको हो) ।

कतारमा हालसम्म संक्रमितको संख्या ३ हजार ७११ पुगेको छ भने मृतकको संख्या ७ रहेको छ ।
त्यसैगरी स्वास्थ्यलाभ गरेर फर्कनेको संख्या ४०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३३ जनाले स्वास्थ्य लाभ गरेको बताइएको छ ।

कतारका कम्पनीहरुले दिए नेपाली कामदारलाई बासस्थान छोड्न दवाव !

वि.सं.२०७७ वैशाख ३ बुधवार २०:१२ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...