back
CTIZAN AD

तपाई थेसिस कसरी लेख्ने, कहाँबाट सुरु गर्ने भनेर अक्मकिरहनु भएको छ भने यो हेर्नुस्

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

10K 

shares

थेसिस लेखक गाह्रो कुरा होइन, तर तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । तर अब थेसिस कसरी लेख्ने र कहाँबाट सुरु गर्ने भनेर अक्मकिरहनु पर्दैन । शिक्षाविद् डा मनप्रसाद वाग्लेले विद्यार्थीहरुका लागि सहज होस् भनेर थेसिस लेखन तरिकालाई सामाजिक सञ्जालमार्फत प्रस्तुत गरेका छन् । यो लकडाउनका समयलाई सदुपयोग गर्दै थेसिस लेखिहालौँ ।

शिक्षाविद् डा. वाग्ले भन्छन् ‘जर्नलमा प्रकाशन गर्नका लागि अनुसन्धानात्मक लेख तयार पर्दा ध्यान दिनु पर्ने कुरा के होलान् रु यो प्रश्न प्राय: सवै अनुसन्धाता खासगरी शिक्षण र अनुसन्धानमा लागेका नव(प्रवेशीहरुको कौतुहलको विषय हुन सक्छ ।  एकाइसौं सताब्दिमा एउटा प्राज्ञिक व्यक्ति न त अनुसन्धान विना सन्तुष्ट रहन सक्छ न त जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशन विना उसको क्षमतामा वृद्धि भएको ठहरिन्छ। खासगरी उच्च शिक्षाको क्षेत्रमा लागेकाहरुको लागि त अनुसन्धान गर्नु, लेख लेख्नु र प्रकाशन गर्नु अनिवार्य नै मानिएको छ। कोरा शिक्षणले मात्रै अव उनीहरुको व्यक्तिगत प्राज्ञिक उन्नति र पदोन्नती दुवै असम्भव छ ख तर हाम्रो जस्तो मुलुकमा केही अपवाद बाहेक अनुसन्धानात्मक लेख कसरी तयार पार्ने र त्यसको प्रकाशन सम्म पुग्न के कस्ता कुरामा ध्यान पुरयाउने भन्ने कुरा विश्वविद्यालयका कक्षा कोठामा सिकाइदैन जहाँवाट उच्च शिक्षा शिक्षणका लागि मानव स्रोत उत्पादन गरिन्छन्। यसैलाई ध्यानमा राखी यो फेसबुकको सदुपयोग गर्दै यो अध्यायको शुरुवात गर्ने जमर्को गरेको छु । ’

हेरौँ डा मनप्रसाद वाग्लेले प्रस्तुत गरेका अनुसन्धानात्मक लेख (थेसिस लेखन)का तरिकाहरु :

के लेख्ने ?
सबभन्दा कठिन मोड हो यो । कस्तो विषयमा लेख्ने, शीर्षक के राख्ने ? शिर्षक नै कसरी तयार पार्ने? जस्ता हजारौं प्रश्न तपाईंका अगाडि आउन सक्छन्क।तिपय अनुसन्धाताको अधिक समय यसैमा व्यतित हुन्छ। कति निरास हुन्छन र विचैमा हराउँछन्। तर हरेस खानु पर्दैन। तपाइको आफ्नो विषय क्षेत्र हुन्छ जसले तपाइंको भोलिको प्राज्ञिक उत्थानमा मद्दत गर्छ। यो व्यक्ति पिच्छे फरक हुन्छ। आफ्नो विषय क्षेत्रमा वैज्ञानिक, प्राविधिक र सामाजिक मुद्दाहरु हुन्छन। तिनै मुद्दा तपाईका अनुसन्धानको लागि मसला हुन सक्छ। राम्ररी ध्यान दिएर सोच्नुहोस् त्यस्ता थुप्रै विचार तपाइंको मनमा आउन सक्छन। पहिला आफ्नो विषय क्षेत्रमा तपाइंलाई असाध्य मन पर्ने उप-विषय वा चाख लाग्ने विषयवस्तु हुन्छन।त्यसैलाई पकडेर अनुसन्धानको मसला बनाउनुहोस्। अनुसन्धान गर्नु पर्ने कारण पहिल्याउनु होस्। अनुसन्धान कुनै न कुनै प्राज्ञिक समस्यामा केन्द्रित हुन्छन भन्ने कुरा हेक्का गर्नुहोस्। तपाइंको विषय क्षेत्र भाषा हो भने भाषाको मामिलामा हाम्रा समाजमा, कक्षा कोठामा, समाजमा, प्रदेशमा, स्थानीय तहमा वा पुरै राष्ट्रमा त्यसको मुद्दा पहिल्याउनुहोस्। हाम्रो जस्तो बहुभाषिक मुलुकमा त्यस्ता मुद्दा हजारौं भेट्नुहुनेछ। मातृभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाका अनेकौं समस्या र मुद्दा हुन सक्छन। आफुलाई चाख लागेको एउटा मुद्दा छनौट गर्नुहोस् । तपाइंको विषय क्षेत्र शैक्षिक नेतृत्व हो भने शिक्षामा नेतृत्वका मुद्दा पहिचान गर्नुहोस्। त्यो नेतृत्व केन्द्रीय, प्रादेशिक वा स्थान विशेष हुन सक्छ। वा एउटा विद्यालय, कलेज, विश्वविद्यालय भित्रको नेतृत्व हुन सक्छ। वा एउटा कक्षा कोठा भित्रको, एउटा विद्यालय व्यवस्थापन समितिको पनि हुन सक्छ। यसैवाट मुद्दा उठान गर्नुहोस्। यी त उदाहरण मात्रै भए। आ-आफ्नो विषय क्षेत्रमा यसै गरी विचार गर्ने प्रयास गर्नुभयो भने के लेख्ने भन्ने समस्या समाधान हुन्छ। यसरी आफ्नो लेखको लागि मसला खोज्दा सकेसम्म आलोचनात्मक, समालोचनात्मक, बहसयोग्य, नयाँ विचारको सम्प्रेषण, उपलब्ध सिद्धान्तलाई चुनौती दिने खालको, सिद्धान्त र व्यवहार विचको फरकपन, स्थानीय परिवेशमा प्रयोग हुन सक्ने, आफ्नो विषय क्षेत्रमा राज्यको नीतिमा प्रभाव पार्न सक्ने जस्ता योगदानमूलक शिर्षकको खोजी गर्ने प्रयास गर्नु उपयुक्त हुन्छ।शिक्षा विषयमा रुची राख्नेका लागि केही समसामयिक अनुसन्धानात्मक शीर्षकका उदाहरण तल दिइएको छ ।यही नै हुनुपर्छ भन्ने छैन, शब्द चयन आकर्षक बनाउन प्रयास गर्नुहोस्।
१. Letter grading: Is this a milestone in evaluation or bizarre?
२. Mathematics contents in lower grades of private schools: Damaging or boosting performance?
३. Lecture dominated pedagogy: Will this work in 21st century?
४. Language dilemma in lower grades: Mother tongue vs medium of instruction
५. Imaging oneself: Relevance of IT based self-education
६. Virtual classroom: Will this be a substitute to brick ones?
यस्ता थुप्रै शीर्षक तपाईं कोर्न सक्नुहुन्छ आफ्नो विषय क्षेत्रमा ।लेख्ने भनेकै पाठकका लागि हो । त्यसैले शीर्षक लेख्दा अलि सटिक र आकर्षक बनाउन सके धेरै राम्रो । तपाइंको थेसिसबाटै पनि थुप्रै लेख जन्मन सक्छन। त्यता तर्फ पनि ध्यान दिनुहोला । स्नातकोत्तर र विद्यावारिधिका थेसिसलाई आधार बनाएर प्राज्ञिक जर्नलमा लेख लेख्ने प्रचलन बढ्दो छ ।एउटा प्रोफेसरसंग बसेर विधिपूर्वक तयार पारिएको शोधपत्र आफैमा विश्वसनीय हुन्छ।

लेखनको शुरुवात कसरी गर्ने? 
लेखनको शुरुवात गर्दा पहिला मुख्य रूपमा यसको प्रारूपमा विचार गर्नु पर्ने हुन्छ। पहिला प्रारूप कोरिसकेपछि काम गर्न सजिलो हुन्छ।प्रारूप भनेको एउटा खाका हो जसले तपाइंलाई कुनै पनि कुरा नछुटाईकन अगाडि बढ्न मद्दत गर्दछ। सामान्यतया: लेखन शुरु गर्दा मुख्य ४ वटा तहको विचार गर्नुपर्ने हुन्छ।
१. शीर्षकको चयन
२. शीर्षक अनुसार अनुसन्धानात्मक कार्य
३. लेखन ढाँचाको प्रारूप र
४. लेखन कार्य

१. शिर्षकको चयन: यस सम्बन्धमा अगिल्लो पाठमा नै चर्चा गरिसकिएको छ। मुख्य कुरा तपाइंको लेखको शीर्षक समसामयिक हुनुपर्दछ। बजारमा उपलब्ध सिद्धान्लाई चुनौती दिन सक्ने वा कारण सहित सोही सिद्धान्तको पुष्टी गर्ने खालको पनि हुन सक्छ। त्यो भनेको तपाइंले संकलन गर्नु भएको सूचनाको विश्लेषणले जनाउने कुरा हो। तर पनि पहिलानै यस्ता कुरामा विचार गरेर शीर्षक छान्न सके पछि लेखनमा सजिलो पर्दछ।तथ्यका आधारमा पुष्टी हुने खालको शीर्षक रोज्नु अति आवश्यक हुन्छ। शीर्षक रोज्दा यौटा तर पछि सूचना (तथ्यांक) विश्लेषण गर्दा अर्कै अर्थ लाग्ने खालको भयो भने शीर्षक काम नलाग्ने हुन सक्छ।त्यस्तो अवस्थामा शीर्षक परिवर्तन पनि गर्न सकिन्छ। यसो भन्दैमा जे पनि शिर्षक रोज्ने र पछि सुधार गर्ने भन्ने होइन। शीर्षक अनुसारको अनुसन्धानात्मक प्रश्न र त्यही प्रश्नको उत्तर आउने खालको सूचना संकलन गरेपछि शीर्षक नमिल्ने भन्ने प्रश्न नै रहन्न। सबभन्दा महत्वपूर्ण कुरा भनेको तपाइंको आफ्नो रुचिको विषयवस्तु नै हो शीर्षक चयनका लागि। आफूले छानेको शीर्षकका बारे आफ्ना सहकर्मी र सिनियर हरु संग छलफल गर्ने र सुझाव समेट्ने कार्य गर्नु भयो भने अझ राम्रो हुन्छ।आफ्नो विषयमा बिभिन्न जर्नलमा प्रकाशित लेख अध्ययन गरेर शीर्षक रोज्ने काम अर्को महत्वपूर्ण कडी हो। यसो गर्दा तपाइंको अनुसन्धानमा मौलिकता कायम गर्न मद्दत मिल्छ।
२. शीर्षक अनुसार अनुसन्धानात्मक कार्य : अनुसन्धानात्मक कार्यको शुरुवात बिभिन्न स्रोतमा उपलब्ध लेख, रचना, पुस्तकका अध्ययनबाट हुन्छ। जसलाई Literature Review भनिन्छ। आफ्नो विषयवस्तुसंग सम्बन्धित यस अगि गरिएका अनुसन्धान अध्ययन गर्न छुटाउनै हुँदैन। यस्तो अध्ययनले तपाइंको रुचिको विषयमा बजारमा के कस्ता ज्ञान उपलब्ध छन् र के गर्न बाँकी छ भन्ने कुराको जानकारी हुन्छ। बाँकी काम भनेकै research gap हो । त्यस्तो gap लाई समेटेर शीर्षक पुनरावलोकन गर्न सकियो भने त तपाइंको लेख अन्तर्राष्ट्रिय स्तरमै गुणस्तरयुक्त हुन्छ। त्यसैले पहिलो चरणमा अध्ययन गर्ने नै हो। अरुको लेख रचना नपढी अनुसन्धानात्मक लेख लेख्ने सोच राख्न सकिन्न। यसरी पढ्ने सामग्री खोज्दा मौलिक लेख रचना, विषयवस्तु संग मेल खाने अनुसन्धानात्मक लेख, तपाइंको विषयले समेट्ने सान्दर्भिक नीति, तथा सैद्धान्तिक आधारका बारेमा अध्ययन गर्नु लाभकारी हुनेछ। यस्ता अध्ययनले तपाइंको अनुसन्धानमा गुणात्मक सहयोग पुर्याउंछन्। यिनै मसलालाई आधार मानेर तपाईं सजिलै आफ्ना सूचना विश्लेषणलाई यथार्थपरक बनाउन सक्नुहुन्छ।यसका अतिरिक्त आफ्नो मौलिकपनलाई झल्काउन तपाईं key actors संग अन्तर्वार्ता लिएर पनि त्यो सूचना आफ्नो अनुसन्धान बलियो पार्ने काम उपयोग गर्न सक्नु हुन्छ। तर सधैं यो जरूरी हुँदैन। उपलब्ध तथ्य र सूचनालाई आधार बनाएर मात्रै पनि अनुसन्धानात्मक लेख तयार पर्न सकिन्छ। थप सूचना संकलन गरेर पहिलाको अनुसन्धानात्मक लेखलाई पुष्ट्याई वा आलोचनात्मक रूपमा उपयोग गरेर मौलिक लेख सिर्जना गर्न सकिन्छ।

ध्यान दिनुपर्ने अर्को कुरा के हो भने आफ्नो अनुसन्धानको लागि सकेसम्म धेरै स्रोतबाट सूचना (तथ्यांक) संकलन गर्नु। जति धेरै स्रोतबाट सूचना संकलन गर्न सक्नुभयो उति नै धेरै तपाइंको लेख भरपर्दो मानिन्छ। यसले तपाईंलाई आफ्नो विश्लेषण बिभिन्न कोणबाट गर्न मद्दत गर्दछ। यसरी सूचना खोज्ने क्रममा तपाईंले प्रयोग गर्ने वेव साइटले महत्वपूर्ण भूमिका खेल्न सक्छन। यसरी वेव साइट खोज्दा .com भन्दा पनि .edu, .gov र .org मा जानुहोला जुन भरपर्दो र विश्वसनीय मानिन्छन। .com का सूचना एकांगी र विज्ञापनमूलक बढी हुन्छन र तिनले अनुसन्धानमा खासै सहयोग पुर्याउन सक्दैनन्। तर पनि विचारका लागि .com अध्ययन गर्नु अपराध भने होइन। Google मा पनि Google Scholar भित्र पस्नु भयो भने बढी लाभकारी हुनेछ। आफूले काम गर्ने वा पढ्ने संस्थाले कतिपय जर्नल अन लाइन किनेका हुन्छन। त्यस्तो जर्नलको अध्ययन तपाईं पनि नि:शुल्क गर्न सक्नु हुन्छ। Free Journal Website भेटाउन सक्नुहुन्छ। खोज्नुहोस र उपयोग गर्नुहोस्। विदेशमा पढ्ने आफ्ना नातेदार वा इष्टमित्रलाई गुहारेर पनि तपाईं नयाँ नयाँ लेख रचना पढ्ने चाँजो मिलाउन सक्नुहुन्छ। आफूलाई घत परेको कुनै अनुसन्धाता र तिनका लेख आवश्यक परे तिनका वेव साइटमा गएर इमेल ठेगाना पत्ता लगाउने र पत्राचार गरी उनीहरुका लेख उपलब्ध गर्ने काम पनि थुप्रै अनुसन्धाताले गर्दै आएका छन्।
३. लेखन ढाँचाको प्रारूप: लेखन कार्य गर्दा कसरी अगाडि बढ्ने, के के कुरा राख्ने र कुन कुन पक्षलाई जोड दिने भन्ने कुरा थाहा पाउनु निकै जरूरी हुन्छ।लेख्न बस्दा तपाईं संग आवस्यक सूचना वा तथ्यांक संकलन भैसकेको हुनुपर्दछ। यसरी संकलन गरिएका सूचनालाई विश्लेषण गर्दै संगठित रूपमा राख्नुपर्दछ। तपाइंको अनुसन्धानले खोजेको प्रश्नको उत्तर आउने गरी यस्तो संगठन गर्नु वान्छनीय हुन्छ। यो एउटा पक्ष भयो। अर्को पक्ष भनेको तपाइंले पढ्नु भएका लेख रचना, अनुसन्धानात्मक कृति, थेसिस, पुस्तक, नीतिका दस्तावेज जे जति छन् ती paraphrase गरेर ठिक्क राख्नु पर्दछ। Paraphrase भन्नाले अरुको विचार तपाइंको भाषामा पाठकलाई बुझाउने प्रक्रिया र विधि हो। यसमा कसको विचार कहाँबाट लिइएको भन्ने प्रष्ट उल्लेख हुनुपर्दछ। अरुको विचार हूबहू सार्नु भनेको बौद्धिक चोरी मानिन्छ र त्यो अनुसन्धानात्मक लेखमा ग्राह्य हुँदैन। जर्नल हाउसले बौद्धिक चोरीका लेखहरु (plagiarised article) अस्वीकृत गरिदिन्छन। त्यसैले अरुको विचार पढौं, आफ्नो भाषामा लेखौं र लेखकलाई क्रेडिट दिऔं ।यो नै paraphrasing हो। कहीं कतै कसैको भनाई हूबहू राख्ने पर्ने भए quotation mark भित्र राखौं र कुन पेजबाट त्यो लिइएको हो पेज नम्बर समेत उल्लेख गरौँ।  त्यसपछि क्रमस: लेखन कार्यको प्रारम्भ गर्नुहोस् ।

(क्रमस…

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १०:२३ मा प्रकाशित

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

असमानताको वर्तमान अर्थराजनीतिक चित्र

१.अवधारणा सामाजिक असमानता भनेको समाजभित्र व्यक्ति वा समूहहरू बिच स्रोत,...