back
CTIZAN AD

लघुकथा : कालो कोठी

वि.सं.२०७७ वैशाख ६ शनिवार

873 

shares

शिरिषाको नाकको डीलमा एउटा ठूलो कालोकोठी थियो । शिरिषा जहिले पनि ऐना अघि उभिएपछि निराश र उदास हुन्थी । उसले कालोकोठी उसको सुन्दरतामा कलङ्क ठान्ने गरेकी थिई । ऊ लामो समयदेखि त्यो नाकको डीलको कालोकोठी हटाउने उपायको खोजीमा थिई । नभन्दै एकदिन उसले एफएम रेडियोमा मुसा,कोठी हटाउने विज्ञापन सुनी । ऊ विज्ञापन सुनेर आशाबादी भई र आमाचाँहिलाई लिएर वैद्यकोमा पुगी । वैद्यले पन्ध्रसय रुपैयाँ लिएर उसको कोठीमा खोई के भतभती पोल्ने औषधि लगाइदियो र बाँकी औषधि दिनको दुई टाइम लगाउनु भनी शिरिषालाई घर पठाइदियो ।

नभन्दै औषधि लगाएको केही दिन नबित्दै उसको त्यो नाकको डीलको कालोकोठी झरेको थियो । उसले त्यो दिन घण्टौसम्म ऐना अघि उभिएर आफ्नो अनुहार हेरेकी थिई र मुस्कुराएकी थिई । छोरीको खुसीमा ममीबुवा पनि सामेल भएका थिए ।

एकदिन शिरिषाले मोबाइलमा एउटा मेसेज देखी ‘ बधाई छ शिरिषाजी ! तपाईलाई डिभी परेको छ । ’ मेसेजमा लेखिएको थियो । मेसेज पढेपछि शिरिषा खुसीले बुर्लुक्क उफ्रिएकी थिई । उसको फेशबुक वालमा बधाई सन्देशको ओइरो लागेको थियो ।

त्यसपछि बाँकी प्रक्रिया शुरु भएको थियो । शिरिषाकी ममीलाई चैं छोरीलाई डिभी परेको कुरा टोल छिमेकमा सुनाउन भ्याइनभ्याई थियो ।

चरणवद्ध रुपमा शुरु भएको प्रक्रिया अनुरुप एकदिन शिरिषा बुवाममीसहित काठमाडौंस्थित दूतावास पुगी । त्यहाँ उसलाई एकजना विदेशी अधिकारीले राहदानी मागेका थिए । शिरिषालाई त्यसपछि त्यस अधिकारीले एकदुईवटा प्रश्न अंग्रेजीमा सोधेका थिए जसको जवाफ शिरिषाले पनि फटाफट दिएकी थिई । त्यसपछि त्यस विदेशी हाकिमले पासपोर्टमा टाँसेको शिरिषाको फोटोलाई निकै बेर नियालेर हेरेका थिए ।

उनले कहिले पासपोर्टमा त कहिले शिरिषाको अनुहारमा पटक–पटक हेरेका थिए र अन्तमा नाक खुम्च्याउँदै भनेका थिए “ आइ एम सरी !” यति भनी उनी कुर्सीबाट उठेर अन्यत्र लागे । त्यस विदेशी अधिकारीले ‘आई एम सरी ’ भन्दै पासपोर्ट फर्काइदिएपछि शिरिषा छाँगोबाट खसे सरह भएकी थिई । उसलाई खलखली पसिना आएको थियो । किन ?… कसरी ?…. भनी प्रश्न गर्ने अवस्था थिएन । बाहिर खुसीको समाचार सुन्न पर्खेर बसेका बुबाममी छोरी अँध्यारो अनुहार पारेर फर्केकी देखेपछि शंशकित बनेका थिए । शिरिषा केही नबोली एकाएक ममीचाँहिको काखमा घोप्टो परेर घुघु गर्दै निकैबेरसम्म रोई रही । ०००

निजगढ, बारा, हाल-ललितपुर, काठमाडौं

वि.सं.२०७७ वैशाख ६ शनिवार ११:५९ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...