back
CTIZAN AD

लघुकथाः कारवाही

वि.सं.२०७७ वैशाख ६ शनिवार

867 

shares

राहतमा गन्हाएको ढुसी परेको चामल बितरण गरेपछि स्थानिय जनताले खुलेरै विरोध गरे छन् । भोलि पल्ट स्थानिय समाचारपत्रले यो बिषय कभरेज गरेर समाचार छापेछ । स्थानिय समाचारलाई श्रोत भन्दै पर्सि पल्ट राष्ट्रिय स्तरको पत्र पत्रिकाहरुले ठुला ठुला अक्षरमा यो समाचार छापेछ । समाचार पढेर खुलेर चौतर्फी विरोधका स्वर सतहमा आउन थाले पछि ।

केन्द्र सरकारले चासो लिएर के भाको हो ? प्रदेश सरकारलाई सोध्छ । प्रदेश सरकारले स्थानिय सरकारलाई सोध्छ । प्रदेश सरकारले सम्पुर्ण बिवरण केन्द्र सरकारलाई जानकारी गराउँछ । केन्द्र सरकारले प्रदेश सरकारलाई भन्छ–बेईज्जती भो । कारवाही चलाउनुस् ?

आदेश मुताविक पुलिसले वडा अध्यक्ष र सदस्यहरुलाई पक्राउ गर्छ । कुहिएको ढुसी परेको चामल किन बितरण गरेको ? वयान लिईन्छ सबैले भन्छ– हामिले राम्रै चामल किनेका हौं । बोराभित्र कस्तो छ ? देख्ने कुरा भएन । बितरण गर्दा खेरी बोरा खोलेर हेर्दा नराम्रो चामल निस्कियो । अब यस्मा हाम्रो के दोष ? चामल बेच्ने पो दोषी हुन् हजुर ।

यस्तो बयान आए पछि पुलिसले चामल बेच्नेलाई समाउँछ । चामल बेच्ने पसलेले भन्छ–हामी होल सेलसंग किन्ने हो । बोरा भित्र के हुन्छ ? कस्तो चामल हुन्छ ? हामीलाई पनि थाहा हुन्न हजुर ? हामी दोषी होईनम् । होलसेलवालालाई समातेर कारवाही गर्नुपर्छ हजुर । होल सेलवालालाई समातिन्छ । उस्ले पनि हामीले डिलरवालासंग किन्ने हो । बोरा पैक भएर आउँछ । भित्र कस्तो चामल हुन्छ । हामीलाई पनि के थाहा ? डिलरवालालाई समाउनु पर्छ ।

पसलेको बयान सुनेर पुलिसले डिलरवालालाई समात्छ । तिमीले कुहिएको ढुसि परेको चामल किन बेचेको ? डिलरवालाले भन्छ–हजुर हाम्रो राईस मिल छैन । हामी पनि चामल निर्यात गर्ने एजेन्टसंग चामल खरिद गर्छम् । उतैबाट बोरामा चामल पैक गरेर पठाईदिन्छ । हामीले बेच्ने मात्र हो । पैक भएको बोरा भित्र चामल राम्रो छ कि ढुसी परेको छ । हाम्लाई नि कसरी थाहा हुन्छ हजुर ? एजेन्टलाई कारवाही गर्नु पर्छ हजुर ।

एजेन्टलाई खोज तलास गर्न पुलिस लागि पर्छ । बल्ल बल्ल सुराक लगाएर एजेन्ट पत्ता लगाईन्छ । योजना मुताबिक पक्राउ गर्न घरभित्र जाँदा नेताजीलाई देखेर छ्क्क पर्छन ।

वि.सं.२०७७ वैशाख ६ शनिवार ११:०६ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...