back
CTIZAN AD

एनआरएनएद्धारा विदेशमा कार्यरत नेपालीका समस्या बारे श्रममन्त्रीको ध्यानाकर्षण

वि.सं.२०७७ वैशाख ७ आइतवार

924 

shares

७ बैशाख, काठमाण्डौं । कोरोना भाईरस विश्वव्यापी महामारीका रुपमा फैलिसकेको छ । विश्वका धैरै जसो मुलुकहरु हाल लक डाउनको स्थितिमा छन् ।

यतिबेला अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । कतिपय व्यापार व्यवसाय ठप्प भएका छन् । वैदेशिक रोजगारीमा गएका कतिपय व्यक्तिको करार अवधि सकिएको छ र उनीहरु घर वापसी पर्खेर बसेका छन् । यसका अतिरिक्त नेपाली श्रमिकहरु काम गर्ने कंपनीहरु बन्द हुँदा कतिपयको रोजगार गुमेको छ । तुरुन्तै अर्को काम पाउने अवस्था पनि छैन् । कतिपय नेपालीहरु ति मुलुकमा तिनको कानुन अनुसार गैरकानुनी रुपमा रहेको र त्यस्ता गैरकानुनी कामदारहरुलाई कुवेत, बहराईन लगायतका मुलुकले बिना सजाय घर फर्कने मौकाको सूचना समेत प्रवाह गरेका छन् ।

हालको अवस्थामा एकातर्फ विदेशमा रहेका कतिपय नेपाली कामदारहरुलाई खाने बस्ने समस्या आईसकेको छ भने नेपालले विदेशबाट जो कसैलाई आउन नदिने नीति लिएपछि आफ्नो मुलुक समेत फर्कन नपाई भौकै मर्नु पर्ने स्थिति सिर्जना हुन थालेको छ ।

गैरआवासीय नेपाली संघका सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्हरुले संकटमा परेका आफ्ना देशका नागरिकहरुलाई मद्दत गर्ने उद्देश्यले केही चन्दा संकलन गरी संकटमा परेकाहरुलाई खाद्यान्न एवं अन्य अत्यावश्यक सामग्री वितरण गरिरहेका छन् । तर, सिमित साधन श्रोत र हाल धैरै व्यवसाय बन्द हुंदा श्रोत संकलन गर्ने क्षमता समेत धेरै कम हुंदै गएको छ । यस्तो अवस्थामा नेपाल सरकारबाट श्रममन्त्रालय अन्तर्गतको वैदेशिक रोजगारी कल्याणकारी कोषको समेत प्रयोग गरी निम्न कार्यहरु हुन उपयुक्त ठानेको जनाएको छ ।
यसै विषयमा संघले कोरोनाका कारण विभिन्न देशमा प्रभावित भएका नेपालीहरुका बारेमा श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको ध्यानाकर्षण गराउँदै विभिन्न विषयमा छलफल समेत गरेको छ ।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उपाध्यक्ष सोनाम लामा र बहराइनका पूर्वअध्यक्ष श्याम तामाङ र प्रमुखकार्यकारी अधिकृतले मन्त्री यादवसंग आइतबार भेटघाट तथा छलफल गरेका हुन् ।

संघले राखेका कुरामा मन्त्री यादव सकारात्मक देखिएको र हाललाइ गन्तब्य मुलुकमा जीवनयापन गर्न साह्रै समस्या परेकालाइ तत्काल राहत पुर्याउने र त्यसपछि परिस्थिति सहज भएमा नेपाल आउन चाहने श्रमिकहरुलाइ उद्दार गरी नेपाली फर्काउने बताए । उनले यस बारेमा Brief Action Plan सहितको प्रस्ताव लिएर आउन समेत सुझाव दिएका थिए ।

यस्तो छ संघले गराएको ध्यानाकर्षणका बुँदाहरु
१-अप्ठेरोमा परेका र नेपाल फर्कन अति आवश्यक भएकाहरुको हकमा राज्यले कुनै न कुनै उपाय गरी नेपाल फर्काउने बातावरण बनाईयोस् । नेपाल फर्के पश्चात अनिवार्य रुपमा निश्चित समय कवारेन्टाईन र सेल्फ आईसोलेसनमा बस्ने व्यवस्था गर्दै आफ्ना नागरिकहरु प्रतिको दायित्वबाट सरकार विचलित नहोस ।

२- हाल खाना बस्न कै समस्या भोग्नेहरुका लागि गैरआवासीय नेपाली संघ र त्यहाँ अवस्थित नेपाली नियोगहरुको समेतको समन्वयमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु वितरण गर्ने व्यवस्था मिलाईयोस् । सरकारले राख्ने रकमको अनुपातमा एक हिस्सा राख्न संघ तयार रहेको छ ।

३- विदेशबाट फर्कनेहरुलाई नेपालमा पुर्नस्थापना गर्न र उनीहरुलाई रोजगार वा स्वरोजगारमा लाग्न उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याईयोस । विदेशबाट फर्कनेहरुको सिपको विवरण संकलन गरी त्यो सिप नेपालमा प्रयोग गर्ने गरी सिप बैंकको स्थापना गरियोस् र यसको विवरण नेपाली उद्यमी व्यवसायीहरुलाई उपलब्ध गराईयोस् ।

४- विदेशमा जानेले सिकेको सिपका आधारमा आफ्नै व्यवसाय सुरु गर्न चाहनेहरुलाई मद्दत गर्ने कार्यक्रम एवं तिनिहरुलाई सहज र सस्तो व्याजमा ऋण पाउने व्यवस्था गरियोस् ।

५ -विदेशबाट फर्केकाहरुलाई प्रमुख त कृषिको आधुनिकिकरणको क्षेत्रमा प्रयोग गर्ने नीति लिईयोस् यसले एकातर्फ नेपाल कृषि उत्पादनमा आत्मनिर्भर बन्दै जाने छ भने अर्कोतर्फ खेतीयोग्य जग्गा बाँझो राख्ने प्रवित्ति समेत घट्ने छ ।

६- विदेशबाट फर्कनेहरुले ठूलो मनोवैज्ञानिक त्रासदी समेत बाट पीडित हुनसक्ने हुनाले फर्कना साथ आईसोलेसनमा रहने अवस्थामा मनोचिकित्सकको समेत सल्लाह पाउन सक्ने व्यवस्था होस् र उनीहरुलाई नयां उद्योग व्यवसाय सुरु गर्न आवश्यक सूचना प्रवाह हुने र जानकारी दिने व्यवस्था गरियोस् ।

अहिलेको अवस्थालाई संकटका रुपमा मात्र नहेरी एक अवसरका रुपमा प्रयोग गरियोस् । अन्ततः मुलुक समृद्ध विदेशमा गएर रोजगारी गरेर हुदैन, मुलुकभित्र नै राम्रा रोजगारीका अवसर सिर्जना गरेर मात्र संभव छ ।

वि.सं.२०७७ वैशाख ७ आइतवार १८:२२ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...