back
CTIZAN AD

नेदरल्याण्डमा कोरोनाबाट एक नेपालीको निधन

वि.सं.२०७७ वैशाख ७ आइतवार

648 

shares

१९ अप्रिल । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) का कारण नेदरल्याण्डमा एक महिलाको निधन भएको छ ।

विश्वमा हाल २८ नेपालीले ज्यान गुमाइसकेको अवस्थामा नेदरल्याण्डमा लक्ष्मी भट्टचनको पनि कोरोनाका कारण मृत्यु भएको हो । उनी नेदरल्याण्डमा कोरोनाबाट ज्यान गुमाउने पहिलो नेपाली हुन् ।

नेपालमा घर म्याग्दी जिल्ला रातो ढुंगा भै हाल नेदरल्याण्डमा बसोवास गर्दै आएकी ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमित भइ निधन भएको नेदरल्याण्डका लागि पर्यटनदूतसमेत रहेका शशि पौडेलले जानकारी दिएका छन् । उनले भट्टचनको अकस्मात निधनले समस्त नेपाली समाज नेदर्ल्याण्डलाई स्तब्ध बनाएको बताएका छन् ।

लक्ष्मी भट्टचनको मृत्युप्रति दुःख व्यक्त गर्दै उनले भनेका छन् ‘अतिनै मिलनसार र समाजको लागि जिम्बेवारपूर्ण ब्यक्तित्व गुमाउनु पर्दा गहिरो दुःख प्रकट गर्दै उहाँ प्रति हार्दिक श्रदाञ्जली तथा सोकसन्तप्त परिवारजनमा समवेदना ब्याक्त गर्दछु ।’

थकाली समाज बेल्जियमका सचिव रोशन शेरचनले संसारभर बसोवास गर्ने थकाली समुदायका सदस्यहरू मध्येमा यो नै पहिलो दुःखद् घटना भएको उल्लेख गरेका छन् । उनले भट्टचनको निधनको खबरले स्तब्ध बनाएको भन्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्राप्त होस भन्ने कामना गरेका छन् ।

आजैमात्र गैरआवासीय नेपाली संघले विश्वमा कोरोनबाट ज्यान गुमाउने नेपालीको संख्या २८ भएको जनाएको थियो । लक्ष्मीको निधनसँगै विश्वमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या २९ पुगेको छ।

वि.सं.२०७७ वैशाख ७ आइतवार १८:१३ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...