back
CTIZAN AD

कविताः छन्दस्नेह

वि.सं.२०७७ वैशाख ८ सोमवार

684 

shares

समाती छन्दको बाटो, कविता लठ्ठी हातमा ।
युगका मनको माग घोली टेकूँ सुभावमा ।।०१।।

भोक,रोग र सन्ताप, टोक्न खोज्छन् निरन्तर ।
त्यही स्रोत समातेर, उक्लिओस् लेखनी दर ।।०२।।

गुन्जिऊन् पुरगर्खामा, स्वर्गका स्वर नन्दन ।
बोकून् इन्द्रियले खुश्बु, माधुर्य भाव कञ्चन ।।०३।।

छल्किऊन् छन्दका छाल, माझेर दम्भ दुर्गुण ।
रीति, शैली, अलङ्कार, भावहार बनीकन ।।०४।।

कवितामा खुलोस् मार्ग, मानवीय सुचिन्तन।
जमोस् संसारमा यौटा, कर्ममार्ग विमोहन ।।०५।।

छन्द दिवसमा मात्र, गुणगान नगाऊँ म ।
पूरै दिन तथा वर्ष, कविता प्रीत लाऊँ म ।।०६।।

छन्द टिप्दा कतै भाव, मर्न दिन्न सुभाव होस् ।
मर्काई शब्दका ढाड, लेख्ने चर्या अभाव होस् ।।०७।।

भाव हो कविताप्राण, छन्द इन्द्रियको रस ।
शब्द शरीरका अङ्ग, रहून् सङ्गतिका वश ।।०८।।

छन्द दिवस विशेष
छन्दः अनुष्टुप

ईलाम न.पा. वडा नं.२, ईलाम

वि.सं.२०७७ वैशाख ८ सोमवार १४:२३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...