back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या कम हुन्छ, यी हुन् १२ कारण-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

वि.सं.२०७७ वैशाख ८ सोमवार

714 

shares

नेपालमा कोरोना संक्रमण अन्य देशमा जस्तै फैलियो भने पनि ठूलो संख्यामा हताहत हुने देखिदैन । यसको पछाडी हामीले साधारण ठान्ने तर संक्रमणको कडी तोड्ने, रोग लागेपनि रोगलाई जित्न सक्ने विशिष्ट कारण छन् । जुन यसप्रकार छन् ।
१. लकडाउन- समयमै लकडाउन भएको, सिमाना शिल गरिएको, सम्भावित जोखिम ठाउँमा निगरानी बढाइएको, सामाजिक दुरी र हात धुने लगायत बिषयमा जनता सुचित भएको आदि ।

२. बसाइ- अधिकांश गाउँ भएको, गाउँमा घरले नै सामाजिक दुरी कायम गरेको, सहरमा सामुहिक बसाइ अत्यन्त न्यून भएको ।

३. जनसंख्या- जुलाई २०१८ भएको जनसंख्या सर्वेक्षण अनुसार नेपालको जनसंख्या २ करोड ९७ लाख १७ हजार ५ सय ८७ छ । काठमाडौ लगायत केहि सहरमा मात्र जनघनत्व बढी छ । अन्य स्थानमा जनघनत्व कम भएको हुनाले रोग सर्ने गति त्यति तीब्र हुँदैन । अरु देशको तुलना गर्दा हाम्रा सहरको जनसंख्या थोरै नै मानिन्छ ।

४. जोखिम उमेर-बिकसित देशको औसत आयु हेर्ने हो भने जेष्ठ नागरिकको प्रतिशत धेरै हुन्छ । जस्तै इटालीमा जेष्ठ नागरिक २३ प्रतिशत छन् । नेपालमा ६५ बर्ष तथा त्यो भन्दा धेरै उमेरका मान्छे ५.३४ प्रतिशत मात्र छन् । त्यसैले संक्रमण फैलिएपनि स्वाभाविक रुपमा मृतकको संख्या कमी हुनेछ । नेपाल डेमोग्राफिक प्रोफाइल २०१९ अनुसार ०–१४ बर्षका २९.५४ प्रतिशत, १५–२४ बर्षका २१.५२ प्रतिशत तथा २५–५४ बर्षको जनसंख्या ३७.१८ प्रतिशत छ । यो ठूलो जनसंख्या उमेरको हिसाबले जोखिम मानिदैन । त्यस्तै ५५ – ६४ बर्षका ६.४२ प्रतिशत र ६५ बर्षमाथिका ५.३४ प्रतिशत छन् ।

५. औसत आयु- नेपालीको औसत आयु Life expectancy at birth   ७१.३ बर्ष (२०१८ ) बर्ष छ । त्यसमा पुरुषको औसत आयु ७०.६ बर्ष र महिलाको औसत आयु ७२ बर्ष रहेको छ । यो औसत आयु बिकसित मुलुकको तुलनामा कम हो । कोरोना संक्रमणको मृत्युदर ८० बर्ष वा सो भन्दा माथिका व्यक्तिको सबैभन्दा धेरै ( लगभग २१ प्रतिशत ) रहेको छ । तसर्थ कोभिड-१९ बाट हुन सक्ने नेपालको मृत्युदर कम हुने देखिन्छ ।

६. सार्वजनिक यातायात-बिकसित देशमा अन्डरग्राउण्ड रेल, मेट्रो, लामा बस आदि छन् । त्यहाँ दैनिक लाखौँ व्यक्तिको ओहोरदोहोर हुन्छ । नेपालमा थोरैजना अट्ने माइक्रोबस, मिनिबस तथा बस मात्र छन् । यसो हुँदा सार्वजनिक यातायातबाट छिटो संक्रमण फैलिने सम्भावना एकदम थोरै हुन्छ ।

७. रात्रिजीवन- नेपालमा रात्रिजीवन छैन भन्दा हुन्छ । रेस्टुरेन्ट, क्लब, डान्सबार, पार्क, स्टेडियम आदिमा जाने नेपाली न्यून छन् । त्यहाँबाट रोग सर्ने सम्भावना थोरै हुने नै भयो ।

८. हात धोइरहने अभ्यास- नेपालीले ट्वाइलेट पेपर, Tissue पेपर, काँटा रचम्चा र चपस्टिकको प्रयोग न्यून मात्रामा गर्छन् । त्यस्तै बाहिरको खाना खाने प्रचलन कम छ । यसको मतलब ट्वाइलेट गएपछि, खाजा खानु अघिं, खाजा खाएपछि, खाना खानु अघिं, खाना खाएपछि, तरकारी पखाल्दा, खान पकाउँदा, भाँडा सफा गर्दा, कपडा धुँदा आदि काममा दिनको बीसौं पटक साबुनले हात धोइरहेका हुन्छन, पानीसंग खेलिरहेका हुन्छन । यो परम्पराले भाइरसको चेन तोड्न ठूलो भूमिका खेलेको छ ।

९. खोप तथा औषधि- नेपालमा सरुवा रोगको प्रकोप फैलिरहने भएकोले भएकोले यहाँ बिसिजीको खोप, पोलियो, जुकाको औषधि, हात्तीपाइलेको औषधि, फ्लु भ्याक्सिन, जापानिज इन्सेफ्लाइटिस लगायतको खोप लगाउने प्रचलन छ । त्यस्तै मलेरिया, कालाजार आदिको औषधि पनि प्रकोप क्षेत्रमा खाएका हुन्छन् । हरेक मौसममा सिजनल फ्लु, स्वाइन फ्लु, बर्ड फ्लु जस्ता रोग, प्रदुषण आदिसंग जुधेका हुन्छन । यी कारण पनि नेपाली सुरक्षित भएको विश्वास गरिएको छ ।

१०. खानपिन- हाम्रो खानपिनमा प्रयोग गर्ने मरमसला (अदुवा, लसुन, प्याज, बेसार, कागती, ज्वानो, पुदिना, मरिच, जिम्मु, टिमुर, मरौटी, धनियाँ, जिरा, दालचिनी, तेजपात, तुलसी आदि ) ले रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्दछन । अनुसन्धानबाट पनि यी मरमसला सुजन तथा संक्रमणमा उपयोगी हुने तथा इम्युनिटी पावर बुस्ट गर्ने भनेर भनिएको छ ।

११. संस्कृति- नेपालीले शारीरिक परिश्रम गर्ने, हिंड्ने, योग तथा ध्यान गर्ने, पुजाआजा गर्ने, ब्रत बस्ने, चाडपर्वमा मौसम अनुसारका खाना खाने लगायत बिबिध संस्कृति र परम्परा छन् । त्यस्तै बासी नखाने, शाकाहारी खाने वा मासुलाई दैनिक मुख्य खानाको रुपमा नलिने, छाकैपिच्छे पकाउने, नचिनेको खाना नखाने, काँचो मासु नखाने लगायतका अभ्यास रोगको रोकथाम र प्रतिरोध गर्न प्रभावकारी छन् ।

१२. उच्च मनोबल-नेपाली नागरिकमा उच्च मनोवल भएको अनुसन्धानले पनि देखाएका छन् । भूकम्प, बाढीको प्रकोप तथा द्वन्दमा पनि नेपाली नागरिक हाँसेर, एकअर्कालाई सहयोग गरेर सकारात्मक जीवन बिताएका थिए । त्यस्तै नेपालीमा जन्म, वृद्धि, क्षय र मृत्युलाई सहज रुपमा लिने धार्मिक तथा पारम्पारिक मान्यता छ । दैवको खेल, माथिको आज्ञा, पिठो सकिएको जस्ता तमाम मन बुझाउने शब्द सहर तथा गाउँमा प्रचलित छन् । नेपालको जेष्ठ जनसंख्या आफ्नो धर्म, परम्परा तथा संस्कृतिको ज्ञाता छ । तसर्थ हरेक घटनालाई ती मान्यतासंग जोड्ने गर्दछ्र त्यस्तै नेपाल तपोभूमि भएको, पशुपतिनाथजस्ता शक्तिपीठ भएको, बुद्धको जन्मस्थल भएको तथा विश्वमै अद्वितीय हावापानी भएको मान्ने पंक्ति पनि ठूलो छ ।

नेपालमा संक्रमितको संख्या अलि अलि बढ्दैमा चिन्ता गर्नु पर्दैन-डा. रवीन्द्र पाण्डे,जनस्वास्थ्य विज्ञ

वि.सं.२०७७ वैशाख ८ सोमवार १७:४४ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...