back
CTIZAN AD

कतारमा कोरोनाको कहरः जेलमा रहेका १७ नेपालीले पाए आममाफी

वि.सं.२०७७ वैशाख ११ बिहीवार

891 

shares

११ बैशाख, कतार । कोरोनाको संक्रमणको महामारीलाई मध्येनजर गर्दै कतार सरकारले केही कैदी बन्दीहरुको रिहाइ गरेको छ ।
जसमा १७ जना नेपाली नागरिकहरु पनि रिहाइ भएका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले हाल विश्वव्यापी महामारीलाई मध्येनजर गर्दै बन्दीगृहमा रहेका नेपाली लगायतका बन्दीहरुलाई आममाफी दिएको सार्वजनिक घोषणा गरेका थिए ।

रिहाई हुने नेपालीमा १३ जना लागूऔषध कारोवारजन्य अपराध, २ जना चोरीजन्य, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेको नेपाली दूतावास कतारले जानकारी दिएको छ ।

दूतावासले आममाफी पाएका ती १७ नेपालीको विवरण भने जानकारी गराएको छैन ।

कतारमा हालसम्म ७३ हजार ७५४ जनामा कोरोनाको परीक्षण गरिएको छ । जसमा ७ हजार ७६४ जना संक्रमित भएको पुष्टि भएको छ । जसमा पछिल्लो २४ घण्टामा ६२३ जना नयाँ संक्रमित भेटिएका हुन् ।

त्यसैगरी ७५० जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६१ जना निको भएर फर्किएका हुन् ।   हालसम्म १० जनाको निधन भएको समाचार छ ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार १८:२७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...