back
CTIZAN AD

बेलायतमा कोरोना संक्रमणबाट अर्का एक नेपालीको मृत्यु

वि.सं.२०७७ वैशाख ११ बिहीवार

903 

shares

११ बैशाख, बेलायत । बेलायतमा कोरोना संक्रमणबाट अर्का एक नेपालीको मृत्यु भएको छ ।

लम्जुङको पोखराथोक पुख्र्र्याैली घर भई हाल पोखरा १० मिलन चोक घर भएका आइत बहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।
लन्डनको वेम्लीमा बस्दै आएका गुरुङको बुधबार उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

४८ वर्षीय गुरुङ लन्डनको ‘नर्थवीक पार्क अस्पतालमा निधन भएको तमु समाज युकेका सल्लाहकार चन्द्र बहादुर गुरुङले बताएका छन् । अघिल्लो साता मंगलबार अस्पतालमा भर्ना भएका उनको बुधबार ( २२ अप्रिल) मा निधन भएको अस्पतालले परिवारलाई जानकारी दिएको बताइएको छ ।

झण्डै १० वर्ष अघि मुटुको अप्रेशन गरी भल्व फेरिएका उनको त्यसपछि स्वास्थ्य अवस्था सामान्य रहँदै आएको थियो । हङकङबाट बेलायत पुगेका गुरुङ त्यहाँ सेक्युरेटी गार्डको रुपमा कार्यरत थिए । उनी सपरिवार त्यहाँ बस्दै आएका थिए ।

बुधबार गुरुङको मृत्यु भएसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १८ पुगेको छ ।  यसअघि कोरोना संक्रमणबाट लिला बहादुर राई, पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङ, सोलुखुम्बुका शिव श्रेष्ठ, विराटनगरकी बसन्ती राई, म्याग्दीका कुल बहादुर फगामी, चितवनका प्रशान्त अर्याल, बाग्लुङका कर्ण बहादुर क्षेत्री, स्याङजाका यम बहादुर मल्ल पोखराकी पुष्पा घले, कास्की घान्द्रुकका लक्षिन गुरुङ, स्याङजाका लक्ष्मण श्रेष्ठ, तनहुँ शुक्लागण्डकीका हस्तवीर गुरुङ, धनकुटाका गोम्देन तामाङ, गोरखाका बुद्धबल गुरुङ, ध्रुव कुमार श्रेष्ठ र कास्कीका विजय गुरुङको मृत्यु भएको समाचार संसारन्युजले प्राप्त गरेको छ ।

बेलायतमा फेरि तीन नेपालीको मृत्यु,कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

वि.सं.२०७७ वैशाख ११ बिहीवार १८:०४ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...