back
CTIZAN AD

आज दुईजना थपिएसँगै कोरोना संक्रमितको संख्या ४७ पुग्यो, २ जना निको भएर फर्किए

वि.सं.२०७७ वैशाख ११ बिहीवार

756 

shares

११ बैशाख, काठमाण्डौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ । आज (विहिबार) पनि दुईजना संक्रमित भएको पुष्टि भएसँगै कूल संक्रमतिको संख्या ४७ पुगेको हो ।

विभिन्न अस्पतालमा उपचार गराइरहेका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य अस्पताल टेकुमा परीक्षण गरिएका उदपुरबाट ल्याइएका दुई नमुनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । जसमा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय पुरुष रहेको स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज पनि २ जना निको भएर घर फर्किए
त्यस्तै आज पनि पाटन अस्पताल काठमाण्डौंमा उपचार गराइरहेका दुईजना निको भएर घर फर्किएका छन् । पेप्सीकोलामा रहेको सनसिटी अर्पाटमेन्टमा संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला निको भएर घर फर्किएका हुन् । उनीहरु दुईजनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या ९ पुगेको छ । साथै बाग्लुङमा उपचार गराइरहेकी युवतीको पनि पिसीआर रिर्पोट नेगेटिभ आएको बताइएको छ ।

४३ हजार ७२२ जनामा परीक्षण
नेपालमा बुधबारसम्म ४३ हजार ७२२ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पिसीआर माध्यमबाट ९ हजार १९९ र र्यापिड डाइग्नोस्टिक ३४ हजार ५२३ जनामा परीक्षण गरिएको हो ।
त्यसैगरी सातै प्रदेशमा हालसम्म गरिएको र्यापिड टेष्टमा प्रदेश १ मा ३ हजार ५९२, प्रदेश २ मा , ४ हजार ५२९, बाग्मती प्रदेशमा ६ हजार १५५, गण्डकी प्रदेशमा ४ हजार ५५५, प्रदेश ५ मा २ हजार ७५६, कर्णाली प्रदेशमा ४ हजार ७३५ र शुदूरपश्चिम प्रदेशमा ८ हजार २०१ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइन र आइसोलेसन
हालसम्म देशभर रहेका विभिन्न क्वारेन्टाइनमा १० हजार ५७३ जना रहेका छन् । साथै आइसोलेसनमा हालसम्म ८८ जना रहेका छन् । जसमा उपत्यकामा ४ र उपत्यकाबाहिर ८४ जना रहेका छन् ।

त्यसैगरी सीमा नाकामा बस्तुहरु आयात गरिने ठाउँमा अपनाउनु पर्ने सुरक्षा विधि २०७७ सम्बन्धी निर्देशिका कार्यान्वयका लागि जारी भएको र यसले मालबाहक सवारी साधान, चालक, सामग्री ल्याउने व्यक्तिहरुमा कोभिड १९ को लक्षण भए भएको जाँच गर्नका लागि नाकामा सवारी साधन सरसफाई र निःसंक्रमण गर्ने र जाँचपासमा संलग्न कर्मचारीको सुरक्षा कसरी गर्ने भन्ने बारेमा गाइडलाइनहरु रहेको र त्यसलाई कार्यविधि बनाएर लागु गरिने पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो, नर्सद्धयको रिर्पोट नेगेटिभ

 

वि.सं.२०७७ वैशाख ११ बिहीवार १७:०४ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...