back
CTIZAN AD

कविताः चराहरूको दैनिकी

वि.सं.२०७७ वैशाख १३ शनिवार

1K 

shares

उठ्नु
बचेराहरूको खबर बुझ्नु
गुँड सफा गर्नु
गुँडबाटै दूरदराजसम्म आशिर्वाद पठाउनु
र हृदयमा उनीहरूकै मङ्गलाचरण पढ्नु
हरदम, हरक्षण
बचेराहरू सम्झनु र सम्झिरहनु
चराहरूको दैनिकी बनेको छ
आजकल ।

जन्मँदै पखेँटा लिएर जन्मने
वेगवान चराका बचेराहरू
जब हुर्क्यौला बन्छन्
वायुपङ्खी सामथ्र्य प्राप्त हु्न्छ पखेँटाहरूमा
न चराहरूको चारा पर्याप्त हुन्छ
न गुँड, न आकास
उनीहरू आफ्नो आकास आफैँ बनाउन चाहान्छन्
जसरी चराहरूले बनाएथे कुनैबेला
आफ्नालागि आफैँ
यो सनातन शृङ्खला
चल्छ र चलिरहन्छ

हुर्के पनि बचेराहरू
उडे पनि देश–देशावर
किन फूलको आवरणभित्रै भए झैँ लाग्छ उनिहरू
कसरी खोज्लान् चारा
कसरी बनाउलान् गुँड
दुषित हावा चलिरहेछ जताततै
विज्ञान आफैँ कमजोर भएर
प्रकृतिसँग आत्मसमर्पण गरिरहेको मौसममा
सिमित ज्ञानको सामलले
कसरी निसङ्कोच उड्लान वचेराहरू
वस्, यही शङ्कामा छन् चराहरू अचेल ।

चाहन त चाहन्छन् नि चराहरू
बदल्न चिन्ताको यो दैनिकी
अनि, निर्धक्क विचरणको खुला आकास
र, यौटा रमाइलो कर्याङकुरुङ यात्रा
आशा गरौं
छिट्टै सुनौलो घाम उदाउने छ
र बदलिने छ
चराहरूको यो दैनिकी ।

पोखरा-११/१५६
फुलबारी, कास्की

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:११ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...