१.
उजेलियो मुहार
पाए दुःखीले गुहार
नमन बगनासकाली !
२
सुनिन्छ हल्लीखल्ली
श्रमवीर छन् बिचल्ली
तमासा हेर्दै जिम्मेवार ।
३
अभाव र छट्पटी
सन्त्राशमय जीवन
हल्लाको बजार सर्वत्र ।
४
समयको आव्हान
सधैं युवा बन्नू भन्छ
आफू बनी उदाहरण !
५
फुुक्छ बिहानै सिट्ठी
लाटोकोसेरोको उर्दी
कोरोना लखेट्नू दूरीले ।
वि.सं.२०७७ वैशाख १३ शनिवार १०:१३ मा प्रकाशित






























